शुक्रबार, चैत ६, २०८२

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा चलेका शैक्षिक संस्थाको अनुगमन गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन–निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन–निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ।

‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९’ बमोजिम समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। शिक्षामन्त्री देवेन्द्र पौडेल अध्यक्ष रहेको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले रायसहितको प्रतिवेदन पेश गर्न उपसमितिलाई १५ दिनको समय दिएको छ।

मन्त्रालयबाट अनुमति लिई विदेशी विश्वविद्यालय र शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालनमा रहेका शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरण गर्ने सम्बन्धमा कोभिड–१९ लगायत कारणले स्थलगत निरीक्षण–अनुगमन हुन सकेको थिएन। सोही कारण विद्यार्थी एवं सरोकारवाला पक्षमा पर्न गएको अन्योल सम्बोधन गर्न मंगलबार मन्त्री पौडेलकै अध्यक्षतामा उच्चस्तरीक्ष मूल्याङ्कन तथा अनुगमन समितिको बैठक बसेको थियो।

प्रकाशित: Dec 22, 2021| 06:39 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्