शनिबार, माघ ३, २०८२

जेभियर र टाइम्सलाई अक्सब्रिज कप बास्केटबलको उपाधि

जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने।

National life

आयोजक अक्सब्रिज इन्टरनेशनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको बेचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित गर्‍यो। जेभियरका निकेश मगरले १० अंक जोडे। मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराउदै फाइनलमा स्थान बनाएका थिए।

प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७–१४ ले पाखा लगायो। टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे। त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७–१२ तथा रुकिजले नवोदितलाई २१–१५ ले पन्छ्याउदै फाइनल यात्रा तय गरेका थिए।

बेचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई  एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिएको छ।

तीनदिने प्रतियोगिताको बेचलर्स र प्लस टुमा समान २०–२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 21, 2021| 18:15 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।