बिहीबार, चैत १२, २०८२

क्रोएसियाको विश्वकप यात्रा र तीन महत्वपुर्ण खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- क्रोएसियाले पहिलो पटक सन् १९९८ मा फिफा विश्वकप खेलेको थियो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया तेस्रो भयो। तेस्रो स्थानमा रहेको क्रोएसियाका स्टार डाभोर सुकेर शिर्ष गोलकर्ता भए। उनले पुरै खेल अवधिभर ६ गोल गरे। 

समूह चरणको पहिलो खेलमा जमैकालाई ३-१ ले पराजित गर्दा, दोस्रो खेलमा जापानलाई १-० ले पराजित गर्‍यो। तेस्रो खेलमा अर्जिनटिनासँग १-० ले पराजित भएपनि समूहको उपविजेता बन्दै शिर्ष १६ मा पुग्यो। शिर्ष १६ मा रोमानियालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो। क्वाटरफाइनलमा जर्मनीसँग ३-० ले जित्दै सेमिफाइनलमा प्रवेश गरेको क्रोएसिया सेमिफाइनलमा फ्रान्ससँग २-१ ले पराजित भएको थियो। तेस्रो स्थानकालागि भएको खेलमा नेदरल्याण्डलाई २-१ ले पराजित गर्दै तेस्रो भएको थियो। जुन क्रोएशियाको विश्पकपमा अहिले सम्मकै ठुलो सफलता हो।

त्यस्तै २००२ र २००६ मा पनि विश्वकपमा सहभागिता भयो। २००२ र २००६ मा विश्वकप क्वालिफइ खेलमा समुहको पहिलो टोली बन्दै समुह चरणमा प्रवेश गरेको थियो। तर, २०१० मा भने विश्वकपको समुह चरणमा सहभगीता हुन सकेन। क्वालिफाइका १० खेल खेलेको क्रोएसियाले ६ खेलमा जित, २ खेल बराबरी र २ खेलमा हार व्यहोर्दै बाहिरिएको थियो। 

२०१४ को विश्वकपकालागि क्वालिफाइ खेलमा दोस्रो टोली बन्दै पुनः विश्वकप यात्रा शुरु गर्‍यो। विश्वकप समुह चरणको ए मा रहेको क्रोएसियाले आफ्नो पहिलो खेल ब्राजिलसँग खेल्यो। ब्राजिलसँग पहिलो खेल ३-१ ले गुमाएको क्रोएसियाले आफ्नो दोस्रो खेलमा क्यामरुनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो। तेस्रो खेलमा मेक्सिकोसँग ३-१ ले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो।
 
जारी विश्वकपमा क्रोएसियाले निकैनै राम्रो प्रदर्शन गरेको छ। आफ्नो समूहका कुनै पनि खेल नगुमाई शिर्ष १६ मा पुगेको क्रोएसिया पेनाल्टिसुटआउटमा डेनमार्कलाई ३-२ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्‍यो। क्वार्टरफाइनलमा आयोजक पनि पेनाल्टी सुटआउटमा रुसलाई ४-३ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो। क्रोएसिया एउटै खेलमा दुर्इपटक पेनाल्टि सुटआउटबाट नतिजा हात पार्ने विश्व इतिहासको दोस्रो राष्ट्र हो। यसअघि अर्जेन्टिनाले सन् १९९० को विश्वकपमा दुर्इपटक पेनाल्टी सुटआउटको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो।
 
क्रोएशियाका तीन महत्वपुर्ण खेलाडी

लुका मोड्रिक

क्रोएसियन फुटबल टिममा प्रतिभाको कमि छैन। तर, मिडफिल्डर लुका मोड्रिक त्यस्ता व्यक्ति हुन, जसले टिमलार्इ संकटबाट पार लगाउन र नतिजा दिलाउन आफ्नो जादु प्रस्तुत गर्दछन्। उनी एक सफल र क्षमतावान टिम कयाप्टेन हुन। पछिल्लो समय युरोपको चर्चित क्लब रियल मड्रिडमा खेली रहेका उनले रियल मड्रिडमा प्रभावशाली प्रदर्शन गर्दै युरोपको सबैभन्दा राम्रो मिडफिल्डर्सको रुपमा आफुलाई स्थापित गरिसकेका छन्। 

३२ बर्षिया मोड्रिकले २००३ बाट आफ्नो व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए। ४ बर्ष टोटनह्याम हट्स्परमा बिताउँदा उनले प्रिमियर लिगका १२७ खेल खेले। त्यसपछि २०१२ मा रियल मड्रिड पुगेका उनले ला लिगाका ६ सिजनका खेले। ६ सिजनमा उनले १६६ खेल खेल्दै ९ गोल गरेका छन्। पछिल्लो संस्करणमा मात्र उनले २६ खेल खेले। मोड्रिकले २००६ बाट राष्ट्रिय टिमका सदस्य बने। राष्ट्रिय टिमबाट उनले अहिले सम्म १११ खेलमा १४ गोल गरेका छन्। जारी विश्वकपमा मात्र उनले २ गोल गरेका छन्।

आन्ड्रेज क्रामरिक

युरोपियन फुटबल क्षेत्रमा एक सम्झिनै पर्ने नाम हो आन्ड्रेज क्रामरिक। उनी २०१५ मा ९ मिलियन पाउण्डमा लेस्टर सिटी गए। जुन त्यो बेला क्रोएशिया फुटबल एतिहासमा रेकर्ड नै बन्यो। लेस्टर सिटीमा २०१४-१५ को सिजनमा १३ खेल खेल्दै २ गोल गरे भने २०१५-१६ को सिजनमा मात्र २ खेल खेले। लोनमा होफेनहाईम पुगेका उनी बुन्डेस लिगाका १५ खेल खेल्दै ५ गोल गरे। त्यसपछि होफेनहाईममै रहेका उनले पुनः दुइ सिजन खेले। पछिल्ला दुई सिजनका ६८ खेल खेलेका उनले २८ गोल गरेका छन्। २०१४ बाट राष्ट्रिय टिममा डेव्यु गरेका उनले ३६ खेल खेल्दै १० गोल गरेका छन्। जारी विश्वकपमा उनले एक गोल गरेका छन्।

डानिजेल सुवासिक

३३ बर्षिया डानिजेल सुबासिक क्रोएशियाकालागि एक अनुभबि गोलरक्षक खेलाडी हुन। २००३ खेली व्यावसाहिक फुटबल खेलेका उनले थुप्रै क्लबहरुबाट अनुभव बटुलि सकेका छन्। पछिल्लो समय मोनाकोमा ७ वर्ष बिताएका उनले लिग एक का २ सय १५ खेल खेलेका छन्। २००९ बाट राष्ट्रिय टिमका सदस्य बनेका उनी हालसम्म ४२ खेल खेलेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।