मंगलबार, असार २३, २०८३

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

सेप्टेम्बर दोस्रो सातादेखि ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- सेप्टेम्बर दोस्रो सातादेखि ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ।

वर्षायाममा मौसम प्रतिकुल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन्। यसअघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। जसमा गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ। 

दुई दिनअगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन्। राष्ट्रिय क्रिकेट टोलीले बिहानको सत्रमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेको थियो भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण गरेको छ। युवा ब्याट्सम्यान रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन्। लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ। जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ। घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: Aug 05, 2021| 19:14 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।