आइतबार, असार २१, २०८३

पाँचौं चरणको अन्तिम खेलमा एपीएफको पहिलो जित

सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पाँचाै‌ खेलमा विभागीय टिम एपीएफले पहिलो जित निकालेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पाँचाै‌ खेलमा विभागीय टिम एपीएफले पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसो सम्पन्न खेलमा एपीएफले फ्रेन्ड्स क्लबविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो।

एपीएफलाई जित दिलाउन फरवार्ड आषिश लामाले दुई गोल गरे भने बिकी तामाङले एक गोल गरेका छन्। यता फ्रेन्ड्का प्रिजेन तामाङले एक गोल फर्काएका छन्।

खेलको २४ औं मिनेटमा फ्रेन्ड्का हरी कठायतले गरेको गोलमा रेफ्रीले अफसाइड अंकित झण्डा देखाइदिएपछि उनको गोलले मान्यता पाएन। त्यसैले फ्रेन्ड्ले सुरुआति अग्रता बनाउने अवसर गुमायो।

फ्रेन्ड्ले गुमाएको अवसर ३० औं मिनेटमा एपीएफले सदुपयोग गर्यो। कप्तान नविन लामाको पासमा विकीले गोल गर्दै एपीएफलाई  अग्रता दिलाए। खेलको ३२ औं मिनेटमा एपीएफले  अग्रता दोब्बर बनाइहाल्यो।

यसपटक आषिश लामाले गोल गरे। यससँगै पहिलो हाफमा एपीएफ २–० गोलले अघि रह्यो।  दोस्रो हाफको ५७ औं मिनेटमा आषिशले दोस्रो गोल गरे। यससँगै तीन गोलको अग्रता बनाएको एपीएफले ६९ औं मिनेटमा फ्रेन्ड्लाई पेनाल्टी प्रदान गर्यो। र, एक गोल बोहार्यो।

सोमबारको जितसँगै एपीएफले पाँच खेलबाट ४ अंक बनाएको छ। चार अंक बनाएको जावलाखेल, च्यासललाई पछि पार्दै एपीएफ अंकतालिकाको ११ औं स्थानमा छ। एपीएफ रेलिगेसन जोनबानट बाहिरि निस्किएसँगै अहिले फ्रेन्ड्स क्लब र च्यासल क्लब रेलिगेसन जोनमा रहेका छन्।


प्रकाशित: Dec 20, 2021| 15:30 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।