शनिबार, माघ ३, २०८२

एसिया कप खेल्ने यू–१९ पुरुष क्रिकेट टिमको विदाइ

एसिया कप खेल्न जाने नेपाली पुरुष यू–१९ क्रिकेट टिमलाई क्यानले सोमबार दिउँसो विदाइ गरेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– एसिया कप खेल्न जाने नेपाली पुरुष यू–१९ क्रिकेट टिमलाई क्यानले सोमबार दिउँसो विदाइ गरेको छ। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिँदै विदा गरेका हुन्।

National life

मन्त्रीले भने, ‘व्यवस्थापन भनेको त्यस्तै हो। जहिले पनि मनोबलका साथ खेल्नुपर्छ। खेलाडीले जित्नुपर्छ भन्ने मनोबल सधैं मनमा राख्नुपर्छ। हामी गोर्खाली हौं। हाम्रो साहस विश्वमै उच्च छ।’ उनले नेपालमा क्रिकेटको राम्रो वातावरण रहेको र क्रिकेट खेल आकर्षणको केन्द्र बनेको बताए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टिमले एसोसिएटमै राम्रो रहेको बताए।। उनले भने, ‘नेपाली टिम एसोसिएट टिममध्ये राम्रो तयारी गरेको टिम हो। अरु देशले नगरेको तर हामीले यू १९ को राष्ट्रिय खेल प्रतियोगिता गरेर खेलाडी तयार गरेका छौं।’

अहिले क्यानले नेपाली यू १९ टिमलाई सात वर्षपछि आफ्नो व्यवस्थापनमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पठाउँदैछ। पछिल्लो समय नेपालमा यू १९ टिमको घरेलु प्रतियोगिता भएको र त्यो प्रतियोगिताले खेलाडीको मनोबल बढेको अध्यक्ष चन्दले बताए।

नेपालले अब डिसेम्बर २३ बाट ३१ सम्म यूएईमा समूह चरणका तीन खेल खेल्नेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र कुबेत छन्। यो टिम समूह बीमा रहेको छ। समूह ए मा भारत, पाकिस्तानसहित अफगानिस्तान र यूएई रहेका छन्। दुवै टिमका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्।

Laxmi sunrise bank
kumari

नेपाली टिमः

टोलीको कप्तानमा देव खनाल छन् भने उपकप्तानमा शेर मल्ल छन्। टोलीमा विवेक यादव, सन्तोष कार्की, अर्जुन कुमाल, प्रकाश जैसी  गुलशन झा, आदिल अन्सारी, वसिर अहमद र अर्जुन साउद छन्। यस्तै दीपेश कँडेल, विवेक राना मगर, तिलक राज भण्डारी, दुर्गेश गुप्ता र राहुल भण्डारी छानिएको क्यानले जनाएको छ। टिम व्यवस्थापकमा धर्मराज गिरी छन्।


प्रकाशित: Dec 20, 2021| 14:00 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।