आइतबार, असार २१, २०८३

एम्बाप्पेको दोहोरो गोलमा पीएसजी विजयी

फरवार्ड केलियन एम्बाप्पेको दोहोरो गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजीले कोपा डी फ्रान्स फुटबलमा सहज जित निकालेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– फरवार्ड केलियन एम्बाप्पेको दोहोरो गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजीले कोपा डी फ्रान्स फुटबलमा सहज जित निकालेको छ। पाँचौँ श्रेणीको लिग खेल्ने क्लब फेग्निसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पीएसजीले ३–० गोलको जित निकालेको हो।

पीएसजीलाई जित दिलाउन एम्बाप्पलेले १७ औं मिनेटमा पहिलो गोल गरे। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेका थिए।

त्यस्तै, पेनाल्टीमै पाएको अवसरमा माउरो इकार्डीले ३१ औं मिनेटमा गोल गरे। यससँगै पहिलो हाफमा पीएसजीले दुई गोलको अग्रता बनायो।

दोस्रो हाफको ५१ औं मिनेटमा डाग्बाले दिएको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गो गरे। यो जितसँगै पीएसजी राउन्ड अफ ३२ मा प्रवेश गरेको छ।

प्रकाशित: Dec 20, 2021| 07:45 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।