आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएल : सिटीको सानदार जित, बराबरीमा रोकिए चेल्सी, टोटेनहम र लिभरपुल

ईपीएल : सिटीको सानदार जित, बराबरीमा रोकिए चेल्सी, टोटेनहम र लिभरपुल

इंग्लिस प्रिमयर लिग (ईपीएल) मा म्याचनेस्टर सिटीले न्युकासविरुद्ध ४–० गोलअन्तरको सानदार जित निकालेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– इंग्लिस प्रिमयर लिग (ईपीएल) मा म्याचनेस्टर सिटीले न्युकासविरुद्ध ४–० गोलअन्तरको सानदार जित निकालेको छ।

आइतबार राति न्युकासलको मैदानमा सम्पन्न खेलमा पाहुना टिम सिटीले जित निकालेको हो। सिटीलाई जित दिलाउने क्रममा रुविन डायस, जोआ क्यान्सेलो, रियाद महरेज र रहिम स्टार्लिङले समान १–१ गोल गरे।

यो जितसँगै सिटीले लिग तालिकाको शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ। ऊ अहिले दोस्रो स्थानको लिभरपुलभन्दा तीन अंकले अघि रहेको छ।

आइतबार रातिकै खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले घरेलु टिम टोटेनहम हट्स्परसँग २–२ गोलको बराबरी गरेको छ।

खेलको १३ औं मिनेटमा टोटेनहमका ह्यारी केनले  गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर लिभरपुलका डियगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरेर लिभरपुललाई खेलमा फर्काएका थिए।

२–१ गोलले परि परेको अवस्थामा टोटेनहमका सन ह्युङ मिनले गोल गर्दै खेललाई बराबरीमा बनाए। त्यसपछि लिभरपुलका रोबर्टसनले रातो कार्डको सजाय पाएर मैदानबाट बाहिरिएका थिए।

आइतबार रातिको अर्को महत्त्वपूर्ण खेलमा चेल्सी उल्भ्सको मैदानमा गोलरहित बराबरीमा रोकिएको छ। यससँगै चेल्सीले पछिल्ला चार खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ।

र, तीन चरण अघिसम्म शीर्षस्थानमा रहेको चेल्सी अहिले शीर्षस्थानको सिटीभन्दा ६ अंक पछि छ।

अहिले सिटीको ४४ अंक छ भने लिभरपुलको ४१ अंक रहेको छ। त्यस्तै, तेस्रो स्थानको चेल्सीको ३८ अंक छ। टोटेनहम हट्स्परको भने २६ अंक छ।

प्रकाशित: Dec 20, 2021| 07:24 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।