बुधबार, भदौ १७, २०८३

पीएम कप महिला क्रिकेटमा प्रदेश १ र लुम्बिनीको जित

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइताबार दिउँसो सम्पन्न खेलमा प्रदेश १ ले बाग्मति प्रदेशमाथि ५५ रनको सानदार जित निकालेको हो।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेशले जित निकालेको छन्। 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार दिउँसो सम्पन्न खेलमा प्रदेश १ ले बागमती प्रदेशमाथि ५५ रनको शानदार जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर ११४ रन बनाएको थियो। जवाफमा बागमतीले २० ओभरमा ५० रन मात्र जोड्न सक्यो।

प्रदेश १ का अप्सरी बेगमले ५१ रन बनाइन भने स्मृति कटुवालले २० रन जोडिन्। सबनम राईले पनि १५ रनको योगदान दिइन्।

यता बागमतीका अस्मिना कर्मचार्य र खुसी ढंगोलले समान २-२ विकेट गिराए।

जवाफी ब्याटिङमा सुमन खतिवडाले २१ रन जोडिन्। प्रदेश १ की कप्तान रुविना, ज्योति दनुवार र अलिसा खडियाले समान १–१ विकेट लिए।

यस्तै, आइतबार बिहान नै भएको अर्को खेलमा भने लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको छ। टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर १७ रन बनायो। जहाँ लुम्बिनीकी सुस्मिता भुषालले दुई र नेरी थापाले एक विकेट लिइन्।

यता, लुम्बिनीले कुनै विकेट नगुमाई खेल जित्यो। जहाँ लक्ष्मी चौधरीले १२ रन बनाइन भने नेरी थापाले पाँच रन जोडे।

प्रकाशित: Dec 19, 2021| 17:27 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।