शनिबार, माघ ३, २०८२

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा नेपालले भारतसँग हार बेहोरेको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा नेपालले भारतसँग हार बेहोरेको छ।

National life

समूह चरणकाे अन्तिम खेलमा नेपालले भारत १–० गोलको हार बेहोरेको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजेबाट सुरु भएको खेलमा जित निकाल्दै भारतले च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।

आजको खेलमा जित निकाल्दै भारत पहिलो पटक यू १९ साफको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफमा गोल गर्न नसके पनि भारतले दोस्रो हाफमा गोल गर्दै जित निकाल्यो। समूह चरणमा बंगलादेशसँग १–० गोलको हार बेहोरेको भारत नेपाललाई हराउँदै फाइनल पुगेको हो। उसले नेपालसहित भुटान र श्रीलंकाविरुद्ध पनि जित निकालेको थियो।

आजको खेलमा बराबरी भएको भए नेपाललाई फाइनल पुग्ने अवसर थियो। तर नेपालले भारतलाई बराबरीमा रोक्न सकेन। खेल अवधिभर भारतले दबाब बनाए पनि नेपालले केही अवसर भने सिर्जना गरेको थियो।

उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली टिमले खेलमा केही अवसर पाए पनि गोल गर्न भने सकेन। पछिल्लो सिजनमा भने नेपालले फाइनलसम्मको यात्रा तय गरेको थयो। नेपाली टिमले फाइनलमा बंगलादेशसँग हार बेहोरेको थियो।

Laxmi sunrise bank
kumari

नेपाल सात अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानको भारतको ९ अंक छ। समान ७ अंक भएको बंगलादेश गोलअन्तरका आधारमा नेपालभन्दा पछि छ।

खेलको ५८ औं मिनेटमा भारतले निकै सुनौलोअवसर गुमायो। नेपालीकी गोलकिपर अन्जना राना मगरले बचाइन्। त्यसको अर्को मिनेटमा कुसुमको प्रहार पनि गोलमा परिवर्तन हुन सकेन।

यता खेलको ६८ औं मिनेटमा नेपालले गोल बेहोर्यो। अमिशा बश्लाले दिएको पासमा प्रियंका देवी नरोरेमले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। यो गोल नै खेलको निर्णायक रह्यो। र, भारतले १–० गोलको जित निकाल्यो।

अब नेपालले फाइनल प्रवेशका लागि समूह चरणको अन्तिम खेल पर्खिनुपर्ने भएको छ। सो खेलमा श्रीलंकाले बंगलादेशलाई हराउन सके नेपाल फाइनल पुग्नेछ। तर प्रतियोगिताकै सबैभन्दा कमजोर टिम श्रीलंकाले बंगलादेशलाई हराउने सम्भावना कम छ।

प्रकाशित: Dec 19, 2021| 16:37 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।