शनिबार, माघ ३, २०८२

सेन्ट्रल जोन भलिबल खेल्न बंगलादेश जाने टिमको बिदाइ

आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बंगलादेशमा आयोजना हुने सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बंगलादेशमा आयोजना हुने सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ।

National life

नेपाल भलिबबल संघ (एनभीए)ले आइतबार नेपाली सिनियर महिला तथा पुरुष  खेलाडीको बिदाइ गरेको हो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलाडीलाई बिदा गर्दै मेडल जितेर आउन शुभकाना पनि दिए।

‘यदि नेपाली टिमले मेडल जितेर आएको अवस्थामा नेपाली टिम फर्किंदा म आफैं विमानस्थलमा स्वागत गर्न आउँछु,’ मन्त्री गहतराजले भने। उनले त्रिपुरेश्वरस्थित राखेपको मातहतमा रहेको खाली जग्गा कुनै हालतमा भलिबलको कभर्डहल बनाउनका लागि संघलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिदाइ गर्दै संघका महासचिव जितेन्द्र बहादुर चन्दले सरकारले लगानी गरे नेपाली टिमले थप प्रगति गर्ने बताएका छन्। उनले खेलाडीलाई मेडल जितेर ल्याउन शुभकामना पनि दिए। कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले सरकारप्रति व्यक्त गरेको असन्तुष्टि मन्त्री गहतराजले मन्त्रालयमा आएर जानकारी गराउन पनि अनुरोध गरेका छन्।

नेपाली टिम सोमबार बंगला विमानबाट बंगलादेश प्रस्थान गर्नेछ। महिला टिमका प्रशिक्षक जगदीश भट्ट रहेका छन् भने पुरुष टिममा डच प्रशिक्षक हान अविङ रहेका छन्।

Laxmi sunrise bank
kumari

यी हुन् पुरुषतर्फका खेलाडीः

यमबहादुर मगर (कप्तान), हरि बहादुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरव बहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, टेकराज अवस्थी, राजेन्द्र बिष्ट, विशाल बहादुर बिके, शरण सामरी क्षेत्री र विनोद बहादुर चन्द (लिब्रो)

महिला खेलाडीः

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिष्ट, लक्ष्मी चन्द, सफिया पुनः, कृपा अधिकारी र सलिना श्रेष्ठ

सहभागी टिमहरुः

महिलाः बंगलादेश, कीर्गिस्थान, माल्दिभ्स, नेपाल, श्रीलंका, र उज्वेकिस्तान

पुरुषः बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्जवेकिस्तान

प्रकाशित: Dec 19, 2021| 16:25 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।