सोमबार, फागुन २५, २०८२

दिल्लीका कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला

वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

नयाँ दिल्ली- भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ। वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो।

National life

वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय राजधानी क्षेत्र र त्यस वरपरको क्षेत्रमा अहिले प्रदुषणको मात्रा कम भएकाले अध्ययन अध्यापन कार्य सुरु गर्न शुक्रबार सिफारिस गरेको थियो। भौतिक उपस्थितिसहित अध्ययन अध्यापन कार्य सुरु भएपनि अनलाइनबाट हुने अध्ययन अध्यापन कार्यलाई समेत निरन्तरता दिइने अधिकारीहरुले जनाएका छन्।

विद्यालयका लागि घर बाहिर निस्कनु पर्दा प्रदुषणले बालबालिकालाई धेरै असर गर्ने भएकाले चिकित्सक र विज्ञहरुको सल्लाह र सुझावका आधारमा विद्यालय बन्द गरिएको थियो। विद्यालयहरु बन्द गर्दा विद्यालयका यातायातका साधनहरु पनि बन्द हुने भएकाले प्रदुषण न्युनिकरण गर्न समेत सहयोग पुग्ने उनीहरुको भनाई थियो। 

विश्वमै धेरै प्रदुषण भएको शहरको सूचीमा पर्ने नयाँ दिल्लीमा प्रदुषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त भइरहेको छ। तर ठोस सुधार हुन भने सकेको छैन।नयाँ दिल्लीमा पछिल्लो प्रदुषण गत तिहारदेखि सुरु भएको हो। तिहारमा धेरै पटका पट्काएपछि सुरु भएको प्रदुषणको असर अहिलेसम्म परेको हो।

प्रकाशित: Dec 18, 2021| 23:30 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।