बिहीबार, वैशाख २४, २०८३

ताइवान र सिंगापुर सैन्य सहयोग आदान-प्रदान गर्न राजी

ताइवान र सिंगापुरले लामो समयको अन्तराल पछि सैन्य सहयोग पुनः सुरु गरेका छन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

बेइजिङ- ताइवान र सिंगापुरले लामो समयको अन्तराल पछि सैन्य सहयोग पुनः सुरु गरेका छन्।

National life

अक्टोबर २०१९ मा ताइवान र सिंगापुरले 'राष्ट्रिय रक्षा विनिमय र सुरक्षा सहयोग सम्झौता' मा हस्ताक्षर गरेका थिए। तर  महामारी बढ्दै गएपछि र सिंगापुरले चीनको जनमुक्ति सेनासँग सहयोग आदानप्रदानमा संलग्न हुन थालेपछि ताइवानले शहर-राज्यसँगको सैन्य सहयोग  स्थगित गरेको ताइवान समाचारले  जनाएको छ।

यस हप्ताको शुरुमा काओसिङ्गको फेंगसान जिल्लामा रहेको ताइवान आर्मी बेसमा सिंगापुरका  सैनिकहरू ब्यारेकमा तैनाथ थिए। उनीहरूले सोमबार पिङटुङ काउन्टीको चाओचाउ ल्यान्डिङ फिल्डमा प्यारासुट तालिम लिएका थिए।

सिंगापुर सेनाले विगतमा पिङटुङमा हवाइ तालिम सञ्चालन गरेको थियो।

ताइवान-सिंगापुर सैन्य सहयोग पहिलो पटक १९७५ मा शुरु भएको थियो । प्रिमियर च्यांग चिंग-कुओ र सिंगापुरका प्रधानमन्त्री ली कुआन यूले "प्रोजेक्ट स्टारलाइट" शुरु गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।


प्रकाशित: Dec 18, 2021| 23:00 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।