सोमबार, फागुन २५, २०८२

बेलायतमा एकैदिन ९३ हजार कोरोना संक्रमित थपिए

कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्।यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

लन्डन- बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी संक्रमित भेटिएका छन्। यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन्। यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताएका छन्। 

National life

यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना संक्रमित भेटिएका छन्। यहाँ कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्।यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो।

 यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो। कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा संक्रमित देखिएका हुन्। यो क्रम यहाँ शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङक्रमितहरु भेटिने क्रम बढेको पाइएको हो।

यहाँ केही समययता हरेक दिन कोभिड १९ का संक्रमितहरु बढ्दै गएको देखिएको छ। साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन्। यहाँ शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन्। यो समेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ।

 बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार संक्रमित पुष्टि भएको जनाएको थियो र त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ। यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी संक्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2021| 21:31 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।