मंगलबार, वैशाख ९, २०८२

सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ धनगढीबाट सुरु

भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागि रहेका छन्।
 |  शनिबार, पुस ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

vianetvianet

धनगढी- सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ। साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले शनिबारदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको हो।

triton college

साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच उद्धघाटन गरे। 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा सुरु भएको साइकल यात्र पुस ५ गतेसम्म चल्ने बताइएको छ। 

साइकल यात्रामा भारत लगायत देशका बिभिन्न ठाउँका साइकल राइडरहरुको सहभागिता रहेको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरतविक्रम शाहले बताए। 

धनगढीदेखि सुरु भएको साइकल यात्रा गोदावरी, खानीडाँडा हुँदै डोटीको बुडरसम्म पुग्ने अध्यक्ष भरत बिक्रम शाहले बताए।

National life insurance

भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागि रहेका छन्। 

यात्राको अन्तिम दिन डोटीको बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गरीने छ। धनगढीस्थित निसर्ग हस्पिटलको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक कुबेरबहादुर शाहीले बताए।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरीमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उप-विजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार अस्पतालले स्पोन्सर गरेको छ।

साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम ईकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कानून मन्त्री पूर्णा जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: Dec 18, 2021| 13:30 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।