मंगलबार, असार २३, २०८३

महिला फुटबलको विश्वविजेता अमेरिकाले जित्यो ओलम्पिकमा काश्य

टोकियो ओलम्पिक २०२० को महिला फुटबल अन्तर्गत काश्य पदकका लागि भएको खेलमा अमेरिकाले जित निकालेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– टोकियो ओलम्पिक २०२० को महिला फुटबल अन्तर्गत काश्य पदकका लागि भएको खेलमा अमेरिकाले जित निकालेको छ।

दुई वर्षअघि फ्रान्समा सम्पन्न महिला विश्वकप फुटबलको विजेता अमेरिकाले काश्य पदकका लागि भएको खेलमा अष्ट्रेलियालाई ४–३ गोलले हराएको हो।

बिहीबार जापनाको कश्मिनामा सम्पन्न खेलमा अमेरिकाको जितका लागि मेगन रिपिनोई र कारली लोलडले समान २,२ गोल गरेका छन्।

टोकियो ओलम्पिकमा विजेताको रुपमा हेरिएको अमेरिकाले सेमिफाइनल खेलमा क्यानडासँग अप्रत्यासित हार बेहोरेको थियो। यता समूह चरणको ओपनिङ खेलमा पनि स्विडेनसँग हार बेहोरेको अमेरिकाले यो सिजन अमेरिकाको लागि गाह्रो सिजन रहेको प्रशिक्षक भ्लाटोक एन्डोनोभ्स्कीले बताएका छन्।

अब स्वर्ण पदकका लागि भोलि सोमबार स्विडेनले क्यानडाको सामना गर्नेछ। स्विडेनले सेमिफाइनलमा अष्ट्रेलियालाई १–० गोलले हराएको थियो।

प्रकाशित: Aug 05, 2021| 18:35 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।