काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तरगत फ्रान्स र बेल्जियमबीचको खेल शुरु भएकोछ । खेल रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा शुरु भएको हो।
एक पटक विश्वकप उपाधि जितेको फ्रान्स बेल्जियमलाई हराउदै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ भने पहिलो पटक उपाधि जित्ने दाउमा रहेको बेल्जियम फ्रान्सलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ।
यतिखेर सबैका नजर मैदानमा भएका पाँच खेलाडीमा परेका छन् । यो खेल कस्ले जित्ला त छदैछ। त्यसमा पनि ति पाँच खेलाडीले यस खेलमा कस्तो खेल प्रदर्शन गर्लान भन्ने आम दर्शकको चासोको बिषय बनेको छ।
फ्रान्सका एन्टोनी ग्रिजम्यान, केलियन बाप्पे, पल पोग्बा र बेल्जियमका रोमेलु लुकाकु, इडन हर्जाड जस्ता चर्चित खेलाडी यस खेलको आकर्षकको रुपमा रहेका छन्। फाइनल खेल भन्दापनि बढि प्रतिक्षारत यो खेल जसले जित्ने छ त्यो टोली फाइनमा प्रवेश गर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४