काठमाडौं-जारी विश्वकपमा यतिखेर फ्रान्स र बेल्जियमबीचको खेललाई निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । धेरै जसोले त यस खेललाई फाइनल खेलको संज्ञा पनि दिएका छन् । सेमिफाइनल पुग्ने आशानै नगरिएका यि दुई टोली सेमिफाइनल पुग्नु नै आफैमा एक आश्चर्यको बिषय बनेको छ । तर, यी दुई टोलीले समूह चरणदेखि क्वाटरफाइनलसम्म विश्वकपका दाबेदार मानिएका टोलीलाई पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । दुबै टोलीले जारी विश्वकपमा दमदार खेल प्रदर्शन गरेका छन् । जारी विश्वकपमा दुबै टिमको प्रदर्शन यस्तो छ ।
क्वाटरफाइनलमा बेल्जियमले विश्वकपको दावेदार मानिएको बलियो टोली ब्राजिललाई २-१ गोलअन्तरले पराजित गरेको हो । यो नै बेल्जियमको सबैभन्दा ठुलो सफलता हो । यता, फ्रान्सले पनि अर्को विश्वकप दाबेदार उरुग्वेलाई २-० ले पराजित गर्यो । क्वाटरफाइनलमा दुबै टोलीको यो जितसँगै सेमिफाइनलमा भेट पक्का भएको हो ।
शीर्ष १६ मा फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्नु नै फ्रान्सको जारी विश्वकपमा फ्रान्सको ठुलो सफलता हो । प्रि-क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो । अर्जेन्टिना जस्तो सवल टोलीलाई पराजित गर्नु फ्रान्सले आफु विश्वकप उपाधिका लागि सक्षम छु भन्ने प्रमाणित गर्नु हो । यता, बेल्जियमले प्रि-क्वाटरफाइनलमा जापानलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो । २-० गोलले पछि परेको अवस्थालाई उल्टाउदै बेल्जियमले खेल जितेको थियो ।
समूह चरणमा बेल्जियमले आफ्नो समूहमा कुनै खेल नगुमाई समूहको विजेता बन्दै शीर्ष १६ मा प्रवेश गरेको थियो । यता फ्रान्स पनि दुई खेलमा जीत र एक खेल गोलरहित बराबरी खेल्दै समूह विजेता बन्दै शीर्ष १६ मा प्रवेश गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४