काठमाडौं : ट्रिटन इन्टरनेशनल कलेजको आयोजनामा राजधानीमा तीन दिने ट्रिटन फुटशल कप हुँदैछ । अन्तर कलेज फुटशल प्रतियोगितामा विभिन्न कलेजका फुटबल टिमको सहभागिता रहने छ।
ट्रिटन बीएस डब्लुमा अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा आयोजित यस प्रतियोगिता साउन ६, ७ र ८ गते संखमूलस्थित फुटशलमा हुने ट्रिटनले जनाएको छ। ट्रिटनका इसीए संयोजक मनिष बस्नेतले तीस भन्दा बढी कलेज सहभागी हुने जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार र दोस्रो हुनेलाई तीस हजारसहित सहभागी खेलाडीलाई प्रमाणपत्र, सिल्ड वितरण गरिनेछ। प्ले फर सोसियल कज नारासहित आयोजित प्रतियोगिताबाट उठेको केही रकम माइती नेपालमा रहेका बालबालिका शैक्षिक विकासका लागि प्रदान गरिने छ। ट्रिटन फुटशल कपका बिजनेस पार्टनर डिभी ग्रुप अफ कम्पनीज रहेको छ भने मिडिया पार्टनर नेपाल समय डट कम रहेको छ।
कलेज प्रतिभालाई प्रोत्साहन गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको हो। यसलाई अब हरेक वर्ष आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि फर्म वितरण सुरु भइसकेको छ । अन्तिम म्याद साउन ४ गतेसम्म रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४