बिहीबार, चैत १२, २०८२

विश्वकप- फ्रान्सको समुन्द्री यात्रा र पहिलो गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जुलाई १३, १९३० मा फुटबलमा नयाँ प्रतियोगिता शुरु गर्ने योजनाले पुर्णरुपको परिणाम हो विश्वकप फुटबलको जन्म। १९३० को विश्वकप उरुग्वेमा आयोजना भयो। आयोजक टोलीले नै पहिलो विश्वकपको उपाधि पनि जित्यो। 

अ‍ेर्जेन्टिनालाई फाइनलमा ४-२ ले पराजित गर्दै उरुग्वेले पहिलो विश्वकपको उपाधि जितेको थियो। त्यस विश्वकपमा १३ राष्ट्रको सहभागीता रह्यो। दक्षिण अमेरिकासम्म लामो दुरीको यात्रा तय गर्नु पर्ने भएकाले ४ युरोपेयन राष्ट्रले मात्र सहभागिता जनाएका थिए। त्यस्तै एशिया र अफ्रिकाबाट कुनै पनि राष्ट्रको सहभागीता रहेको थिएन। १९३० को विश्वकप एक मात्र त्यस्तो विश्वकप हो जसमा सहभागी टोलीले छनोट चरण पार गर्नु परेन। 



पहिलो विश्वकपमा करिब ३ साताको समुन्द्री यात्रा पछि फ्रान्स उरुग्वे पुगेको थियो। लामो समुन्द्री यात्रापछि उरुग्वे पुगेको फ्रान्सले विश्वकपको इतिहासका पहिलो गोल गर्‍यो। 

फ्रान्सले मेक्सिको विरुद्धका खेलमा गोल गर्दै विश्वकप इपतिहासका पहिलो गोल गरेको थियो। मेक्सिको विरुद्ध ४-१ ले जित निकाल्दा फ्रान्सकालागि लुसियन लौरेन्टले पहिलो गोल गरेको थिए। उनले खेलको १९ औं मिनेटमा गोल गरेका थिए। 

लुसियन नै विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी हुन्। पहिलो विश्वकपमा समूह एकमा रहेको फ्रान्सले आफ्नो दोस्रो खेलमा अर्जेन्टिनासँग १-० ले पारजित भएको थियो। जहाँ रेफ्रिले खेलमा ६ मिनेट बाँकि रहँदै खेल समाप्तिको घोषणा गरेका थिए। खेल पछि पुनः सुचारु भएपनि फ्रान्सले गोल गर्न सकेन।


 
तेस्रो खेलमा चिलीसँग पुन: १-० ले नै पराजित हुँदै फ्रान्स पहिलो विश्वकपको समूह चरणबाट बाहिरिएको थियो। समूह एकमा चार टोलीको सहभागीता रहेको थियो भने अन्य तीन समूहमा समान तीन टोलीको सहभागीता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।