काठमाडौं- सम्माननीय प्रधानमन्त्री एवम् प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक श्री के. पी शर्मा ओली प्रमुख अतिथित्यमा २०५ औं भानु जयन्ती समारोह सम्पन्न भएको छ।
प्रज्ञाप्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको प्रमबाट समुद्घाटन गरिएको थियो। साथै कार्यक्रममा भानुभक्तको सम्झनामा कविहरूले कविता पनि बाचन गरिएको थिए।
आजै भानु जयन्तीको अवसरमा बानेश्वर क्याम्पसको सभाहलमा पनि कवि गोष्ठी कार्यक्रम भएको थियो । प्राध्यापक बासुदेव त्रिपाठीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो।
प्राध्यापाक डा. बद्री विशाल पोख्रेल, साहित्यकार तुलसी दिवस, गीतकार काली प्रसाद रिजाल, गीतकार कृष्णहरि बराल चलचित्रकर्मी एवं नेपाल सांस्कृतिक संघको केन्द्रीय सभापति तीर्थ थापा लगायतले सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४