काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङले प्रारम्भिक अग्रता बनाएका छन्।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्। गुरुङले ५४३ मत ल्याएका छन् भने डा चन्द्र भण्डारीले ४७२ मत पाएका छन्। उनीहरू दुवै जना कोइराला प्यानलका हुन्।
यस्तै देउवा प्यानलका पूर्णबहादुर खड्काले ५०१ मत पाएका छन् भने विजयकुमार गच्छदारले ४५४ मत पाएका छन्। सुजाता काेइरालाले १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ पाएका छन्। यो १२ सय मत गणना हुँदाको अवस्था हो।