बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस उपसभापति : ६ सय मत गन्दा धनराजको २५८, अन्य उम्मेदवारको कति?

कांग्रेस उपसभापति : ६ सय मत गन्दा धनराजको २५८, अन्य उम्मेदवारको कति?

जारी गणनामा ६ सय मत गनिँदा डा चन्द्र भण्डारी २१५ मत पाएका छन् भने गुरुङले २५८ मत ल्याएका हुन्। उनीहरू दुवै जना कोइराला प्यानलका हुन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं-  नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङले प्रारम्भिक अग्रता बनाएका छन्। 

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्। गुरुङ कोइराला प्यानलका हुन्। 

जारी गणनामा ६ सय मत गनिँदा डा चन्द्र भण्डारीले २१५ मत पाएका छन् भने गुरुङले २५८ मत ल्याएका हुन्। उनीहरू दुवै जना कोइराला प्यानलका हुन्। 

यस्तै देउवा प्यानलका पूर्णबहादुर खड्काले २४६ मत पाएका छन् भने विजयकुमार गच्छदारले २४६ मत पाएका छन्।  

कांग्रेसमा २ जना उपसभापति हुने वैधानिक व्यवस्था छ। 

प्रकाशित: Dec 15, 2021| 19:59 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...