बिहीबार, चैत १२, २०८२

नयाँ इतिहास रच्ने दाउमा रहेको बेल्जियमको विश्वकप इतिहास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-विश्वकपको इतिहासमा बेल्जियम सबभन्दा पुरानो टिम मध्येको एक हो । १९३० मा उरुग्वेमा आयोजित पहिलो विश्वकपबाट उपस्थिति जनाएको बेल्जियमले अन्तराष्ट्रिय फुटबलमा प्रभाव जमाउन थालेको धेरै भएको छैन । 

पहिला अन्तराष्ट्रिय फुटबल इतिहासमा फुटबल विज्ञहरुका नजरमा आफैँ सफलता हासिल गर्न नसक्ने तर कहिलेकाहीँ ठूला टोलीलाई स्तब्ध पार्न सक्ने 'डार्क हर्स' को छविमा सीमित थियो बेल्जियम । तर, अन्तराष्ट्रिय फुटबलमा खासै जम्न नसकेको बेल्जियामले जारी विब्वकपमा आफ्नो दमदार खेल प्रस्तुत गर्दै आफुलाई साबित गरिसकेको छ । 

चार वर्षअघि ब्राजिलमा सम्पन्न प्रतियोगितामा बेल्जियमको उपस्थिति राम्रै पुनरागमन थियो । प्रिमियर लिगका स्टारहरूले भरिभराउ टोली बेल्जियम त्यतिबेला ब्राजिल पुग्दा, बेल्जियन फुटबलको स्वर्णीम पुस्ताले आफ्नो छवि परिवर्तन गरिसकेका थिए । बेल्जियम माथिको आशा पनि त्यही अनुपातमा वृद्धि भएको थियो । प्रिमियर लिगका साथै युरोपका अन्य लिगमा वर्षभर तहल्का मच्चाइरहेका खेलाडीले ब्राजिलमा त्यही अनुसारको प्रदर्शन पनि गरे ।

ब्राजिलमा प्रभावशाली उपस्थिति जनाएको टोलीले क्वार्टरफाइनलसम्मको यात्रा गर्‍यो । २०१४ को विश्वकपमा अन्तिम आठमा अर्जेन्टिनासँग १-० ले पराजित भएपछि बेल्जियमको यात्रामा पूर्णविराम लाग्यो । त्यही अर्जेन्टिना फाइनलसम्म पुग्दा बेल्जियमको टोलीमा दम थियो भन्ने प्रमाणित भयो । विश्वकपमा १३ औं पटक सहभागिता जनाएको बेल्जियमका लागि सबभन्दा सफल नतिजा १९८६ मा सेमिफाइनलसम्म पुग्नु थियो । त्यही उपलब्धि बराबरी गर्नबाट अघिल्लो संस्करणमा टोली थोरैले मात्र चुक्यो । तर, जारी विश्वकपमा पुनः सन् १९८६ को इतिहास दोहर्‍यायको बेल्जियमले आफ्नो त्यो रेकर्ड तोड्ने दाउमा हुनेछ ।

त्यति बेला बेल्जियम अन्तराष्ट्रिय फुटबलमा छवि परिवर्तनको चरणमा थियो । ठूला प्रतियोगिताका कठिन खेलको खास अनुभव बेल्जियन टोलीमा थिएन । तर, अहिले स्थिति परिवर्तन भइसकेको छ । बेल्जियमको वर्तमान टोलीले उच्च स्तरमा लगातार प्रतिस्पर्धा गर्दै अनुभब मात्र हैन सफलता पनि हासिल गरिसकेको छ । 

युरोपेली छनोट अन्तर्गत समूह 'एच' बाट विजेताको रूपमा रूसको टिकट पक्का गर्दा बेल्जियमले एउटै खेलमा हार सामना गर्नुपरेन । समूहका १० मध्ये ९ खेलमा जित हासिल गरेको बेल्जियमले ग्रिससँगको एउटा खेलमा मात्र १-१ को बराबरी खेलेको थियो । छनोटका क्रममा १० खेलमा ४३ गोल गर्दै आक्रमणको धार तिखो भएको प्रमाण दिएको टोलीले ६ गोल मात्र खाएर रक्षापंक्ति पनि सशक्त रहेको सन्देश दिसकेको थियो । 

जुन अब्बलता विश्वकप क्वालिफाइ खेलमा देखाएको थियो त्यही अब्बलता जारी विश्वकपमा पनि सेमिफाइनल यात्रा सम्म प्रदर्शन गरि सकेको छ । जारी विश्वकपमा बेल्जियमले कुनैपनि खेल गुमाएको छैन् ।

अभ्यास खेलमा पनि उच्च लयमा रहेको लुकाकु, जारी विश्वकपमा पनि लयमै रहेका छन् । कप्तान इडेन हाजार्डले २०१५ मा व्यावसायिक खेलाडी संघको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन गत सिजनका विजेता हुन् ।

आक्रमणको जिम्मा लुकाकुले पाउँदा उनीभन्दा पछाडि रहेर हाजार्ड र डी ब्रुयनले सघाइ रहेका छन् । चेल्सीका गोलकिपर थियाबाउट कोर्टोइस टिमका अर्का मुख्य आकर्षण बनेकाछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।