बुधबार, जेठ २०, २०८३

आमाबुबाले दोस्रो विवाह गरेपछि नाबालक छोराछोरीको बिचल्ली

साथमा रहेका हजुरबुबा जंगवीर लवार र हजुर आमा धिरु लुवार पनि वृद्धवृद्धा भएकाले उनीहरूको पालनपोषणमा समस्या भएको छिमेकी मनवीर विकले बताए।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

बाजुरा- बाजुराको बुढिनन्दा नगरपालिका–१ पिपलडालीका दुई बालबालिकाको बिचल्ली भएको छ। बुबाआमाले अर्को बिहे गरेपछि उनीहरूको बिचल्ली भएको हो। बुबा हर्क लुवार र आमा रिठु लुवारले दोस्रो विवाह गरेपछि ७ वर्षीया दिपीका लुवार र ४ वर्षका पुष्प लुवारको बिचल्ली भएको हो। 

National life

साथमा रहेका हजुरबुबा जंगवीर लवार र हजुर आमा धिरु लुवार पनि वृद्धवृद्धा भएकाले उनीहरूको पालनपोषणमा समस्या भएको छिमेकी मनवीर विकले बताए। 

छोरा र बुहारीले दोस्रो बिहे गरेपछि नातिनातिनीको बिचल्ली भयो,’ हजुर बुबा जंगवीरले भने, ‘उनीहरू विद्यालयसमेत जान पाएका छैनन्।’ 

हलिया परिवारका उनीहरूको गाँसबासको समेत टुुंगो छैन। ‘बिहान खाए बेलुका के खाने ? बेलुका खाए, बिहान के खाने? भन्ने चिन्ता भएकोले नाबालक नातिनातिनीलाई बिद्यालय पठाउन सकेको छैनौँ,’ हजुरआमा धिरुले गुनासो गरिन्। 

मागेर वा दैनिक ज्यालादारीको रूपमा काम गरेर जीविकोपार्जन गरिरहेको धिरु ल्वारले बताएकी छन्। उमेरले पनि ६५ वर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन्, न कसैको घरबाट मागेर ल्याउन नै सक्छन्। ‘उमेर भए त काम गरेरै भए पनि, अर्काको घरमा गएर हलो जोतेर भए पनि खान्थेँ, नातिनातिना पाल्थेँ,’ जंगवीरले भने। 

Shivam cement

जंगवीर र धिरु लौराको सहारामा हिँड्डुल गर्छन्। उनीहरूकै काँधमा नाबालक नातिनातिनीको पालनपोषणको जिम्मेवारी आइपरेको छ। यसका लागि उनीहरू सहयोगको लागि आग्रह गर्छन्। दोस्रो बिहे गरेर छोरा सम्पर्कविहीन भएपछि आफूसहित नातिनातिनीको विचल्ली भएपछि जंगवीर दम्पती चिन्तित् भएका छन्। -जीवन कैला/न्युज कारखाना

प्रकाशित: Dec 15, 2021| 22:30 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।