बिहीबार, भदौ ४, २०८३

कांग्रेसले गर्‍यो १४औं महाधिवेशन स्थलको सरसफाइ

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ। बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ। बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो। 

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए। उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीको सरसफाइ थालिएको बताए। 

पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र शृङ्गार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाइ गरिएको हो।

नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्रीहरू जति हामीले टाँसेका थियौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको क्रममा प्रचारप्रसार भयो। केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो। त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहरू मिलेर हामी सरसफाइ गर्ने क्रममा लागेका छौं। प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सपाइ गरेका छौ,’ उनले भने।

मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ। अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना भने बाँकी छ। 

१४औं पार्टी केन्द्रीय महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी बनेका छन्।

प्रकाशित: Dec 15, 2021| 12:55 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...