बिहीबार, भदौ ४, २०८३

नेताहरुले जनताको जस्तो व्यवहार गर्नुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै काम पनि उपयुक्त समयमा गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै काम पनि उपयुक्त समयमा गर्नुपर्ने बताएका छन्। नेकपा एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले केन्द्रीय सदस्यहरूको व्यवहार समयानुकूल सबैले स्वीकार्न योग्य हुनुपर्ने बताएका छन्।

मानिस चेतनशील प्राणी भएको बताउँदै उनले प्रशोधित व्यवहार र कार्यशैली अपनाउनुपर्ने बताएका हुन्। नेताहरूले जनशैलीयुक्त व्यवहार अपनाउन उनको निर्देशन छ। ‘पशुले प्राकृतिक नियम लगाउँछ। तर, मानिसले सामाजिक नियम लगाउँछ। मैले कमरेडहरूलाई यत्ति भनें। जुन हामीले जीवनमा लागू गर्‍यौं भने सफल हुनेछौं,’ उनले भने। ओलीले अरुप्रति बरु नरम अनुशासन लगाएर आफूप्रति कडा अनुशासन लगाउनुपर्ने बताएका  छन्। तर, हाम्रो समाजमा अरुप्रति कडा हुने र आफूप्रति नरम हुने चलन रहेको उनले बताए।

उनले दुई महिनाको बीचमा असाधारण हिसाबमा दुई तहका महाधिवेशन सफलताका साथ सफल पारेको बताएका छन्। ‘यसमा हामीले सबैलाई न्याय नगरेका पनि हुनसक्छौं। यस्तो हुनुमा कति सूचनाको अभाव होला। कति अन्तर्यको जानकारी नभएको पनि हुनसक्छ। यस्तो अवस्थामा सबैलाई न्याय नभएको हुनसक्छ,’ उनले भने।

उनले आँखामा फूल, मुखमा अमृत र दिमाग ठन्डा राख्दा त्यस्तो व्यवहारले फाइदा पुर्‍याउने सुझाव दिए। देश बनाउने लक्ष्य सानोतिनो व्यवहारले सम्भव नहुने उनको भनाइ थियो। ओलीले भावनाको फराकिलो छातीमा मात्र देश र जनता अट्ने बताएका छन्।

प्रकाशित: Dec 15, 2021| 12:48 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...