बिहीबार, चैत १२, २०८२

विश्वकपमा फाइनलको झल्को : फ्रान्स र वेल्जियमबीचको खेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-विश्वकपको सेमिफाइनल खेलमा मंगलबार राति बेल्जियम र फ्रान्स भिड्दा विश्वकप फाइनल खेलको झल्को दिने अनुमान गरिएको छ । आ-आफ्नै विशेषता रहेका यी दुबै टोलीलाई एक अर्काबीचको दबाब पनि उत्तिकै छ । 

फ्रान्स खेलमा बहुप्रतिभाको रुपमा चिनिन्छ भने बेल्जियम आफ्नो टीम खुबिका रुपमा चिनिन्छ । तर, फ्रान्सका डिफेन्डर राफेल भेरानले बेल्नियमका इडेन हाजार्ड  र रोमेलु लुकाकु टिमकालागि सबैभन्दा ठुलो खतरा हुने बताएका छन् । 

लुकाकु र हाजार्ड दुवैले रसिया विश्वकपमा उच्च प्रदर्शन गरिरहेका छन् । फ्रान्सका सेन्टर ब्याक भेरान पनि विश्वकपमा उच्च प्रदर्शन गर्ने मध्येमा पर्दछन् । उनी बेल्जियमलाई हल्का लिन नमिल्ने बताउँछन् । यसरी फ्रान्सका खेलाडीले आफ्नो विपक्षी टोलीको तारिफ गर्दै आफ्नो मनोबल कमजोर बनाएको अनुमान गर्न सकिन्छ ।

भेरानले बेल्जियन टोली युवा भएपनि परिपक्व रहेको उल्लेख गरे । 'हामीलाई थाहा छ खेल कठिन हुनेछ,' उनले थपे, 'शारीरिक रुमा बलिया लुकाकु जुन सुकै रक्षापक्तिका लागि पनि खतरानाक हुनसक्छन् । उनी स्तरीय खेलाडी हुन् । उनलाई हामीले कुनै ठाँउ दिनुहुन्न ।' 

उनले हाजार्डको पनि तारिफ गरेका छन् । 'उनी जति बेला लयमा आएदेखि म उनको विरुद्धमा खेलिसकेको छु,' रियल म्याड्रिडका रक्षक उनले भने, 'उनी स्तरीय खेलाडी हुन् र उनको ड्रिब्लिङ निकै राम्रो छ । हामी उनलाई पनि कुनै ठाँउ दिनेमा छैनौं । हामी सामूहिक रुपमा उनलाई रोक्ने प्रयास गर्नेछ ।'

आजको निक्कै रोमाञ्चक मानिएको फ्रान्स र बेल्जियममा कस्ले बाजी मार्ला त्यसका लागि खेल अवधिसम्म पर्खनुपर्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।