मंगलबार, असार ३०, २०८३

फ्रान्स र बेल्जियमको भिडन्त आज : को पुग्ला फाइनलमा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रसियामा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा मंगलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा आज युरोपेली टोली फ्रान्स र बेल्जियमबीच प्रतिस्प्रर्धा हुँदैछ ।
 
खेल सेन्ट पिटर्सबर्गमा नेपाली समय अनुसार राती पौने १२ बजे सुरु हुनेछ । दोस्रो पटक विश्वकको उपाधि जित्ने होडमा रहेको फ्रान्स बेल्जियमलाई हराउदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने बेल्जियम फ्रान्सलाई पन्छाउँदै पहिलो पटक फाइनलमा पुग्ने दाउमा छ । 

क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो  भने ब्राजिललाई २-१ ले पाखा लगाउँदै बेल्जियमले फ्रान्ससंगको भेट पक्का गरेको हो ।

दुबै टिमसँग स्टार खेलाडी छन् । फ्रान्समा एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे, पाउल पोग्बा जस्ता खेलाडी  खेलाडी छन् । यता, बेल्जियममा पनि रोमेलु लुकाकु, इडन हर्जाड जस्ता चर्चित खेलाडी छन् ।

बेल्जियम र फ्रान्स अहिलेसम्म ७३ पटक भेट भएको छ । जसमा बेल्जियमले ३० पटक जितेको छ । त्यस्तै, फ्रान्सले २४ पटक जितेको छ भने यी दुई टिमले १९ खेलमा बराबरी खेलेका छन् । यी दुई टिमबीच पछिल्लो समयमा सन् २०१५ मा भेट भएको थियो । जुन खेलमा बेल्जियमले फ्रान्सलाई ४-३ गोलअन्तरले पराजित गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।