बिहीबार, भदौ ४, २०८३

किन सुरु हुन सकेन कांग्रेस सभापतिको मत गणना?

राष्ट्रिय सभागृहकाे सभा हलबाट गणनास्थलमा प्रकाशमान सिंहका प्रतिनिधिलाई गणनास्थलमा प्रवेश नदिइएपछि विवाद भएको हो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ जनाले मत खसालेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- राष्ट्रिय सभागृहमा राती १ बजेबाट सुरु गर्ने भनिएको कांग्रेसका सभापतिका उम्मेदवारहरूको मतगणना बिहान ४ बज्दासम्म पनि सुरु हुन सकेको छैन।सभापतिका उम्मेदवारका प्रतिनिधिलाई नै गणनास्थलमा प्रवेश नपाउँदा उनीहरूले विवाद गरेपछि गणना हुने समय सरिरहेको हो।

राष्ट्रिय सभागृहकाे सभा हलबाट गणनास्थलमा प्रकाशमान सिंहका प्रतिनिधिलाई गणनास्थलमा प्रवेश नदिइएपछि विवाद भएको हो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ जनाले मत खसालेका छन्।

सभापतिका लागि शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणको गणनामा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेको अवस्थामा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।

कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

प्रकाशित: Dec 14, 2021| 04:02 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...