बिहीबार, भदौ ४, २०८३

कांग्रेस सभापति जित्न कति चाहिन्छ मत?

निर्वाचन समितिका अनुसार ६२ जना महाधिवेशन प्रतिनिधि भने मतदानमा सहभागी भएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका थिएनन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा विजयी हुनका लागि २३४० मत आवश्यक पर्ने भएको छ। दिउँसो ११ बजेर २३ मा कुलबहादुर गुरुङले पहिलो मतदान गरेपछि सुरु भई राती साढे ११ बजे सकिएको मतदानमा ४६७९ मत खसेकाले विजयी हुनका लागि सभापतिका उम्मेदवारले कम्तीमा पनि २३४० मत प्राप्त गर्नुपर्ने भएको हो। 

नेपाली कांग्रेसको विधानमा सभापति पदमा विजयी बन्नका लागि कम्तीमा पनि ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले उक्त मत प्राप्त गर्न नसेके सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा मतदान गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था सभापति बाहेकका पदका लागि भने लागू हुनेछैन। 

निर्वाचन समितिका अनुसार ६२ जना महाधिवेशन प्रतिनिधि भने मतदानमा सहभागी भएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका थिएनन्। 

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतदान सकिएपछि केन्द्रीय निर्वाचन समितिले मतपेटिका सिल गरेको छ। मतपेटिका सिल गरी संकलनको काम भइरहेको छ। सभापतिका उम्मेदवारका लागि मत खसालिएका तीन वटा मतपेटिका सिल गरिएको निर्वाचन समितिले जनाएको छ।

सुरुमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा तीन पटकसम्म समय थप भएको थियो।

कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्‍न भए पश्चात् सभापति पदको मतगणना हुनेछ।

प्रकाशित: Dec 14, 2021| 00:34 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...