बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : १२ घण्टामा सकियो मतदान

राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतदान सकिएको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतदान सकिएको छ। बिहान करिब साढे ११ बजे सुरु भएको मतदान अहिले राति साढे ११ बजे सकिएको हो।

अहिले मुचुल्का उठाउने काम भइरहेको छ। प्रक्रिया पूरा भएपछि अहिले राति नै सभापतिको गणना गर्ने तयारी छ। सुरुमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा तीन पटकसम्म समय थप भएको थियो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ जनाले मत खसालेका छन्। 

कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्‍न भए पश्चात् सभापति पदको मतगणना हुनेछ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।

प्रकाशित: Dec 13, 2021| 23:48 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...