बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लिङ्देनलाई थापाको पत्र : राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त

लिङ्देनलाई थापाको पत्र : राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त

'राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,' थापाले लिङ्देनलाई लेखेको पत्रमा भनिएको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्। गत महाधिवेशनमा आफू पराजित भएपछि पूर्व राजा ज्ञानेन्द्र नै आफूलाई हराउन लागिपरेको प्रतिक्रिया दिएका थापाले सोमबार अध्यक्ष लिङ्देनलाई लेखेको पत्रमा राजाबाट विगतमा जस्तै प्रजातन्त्र मास्ने काम हुने भएकाले पार्टीको धारणा प्रष्ट गर्न आग्रह गरिएको छ। 

'राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,' थापाले लिङ्देनलाई लेखेको पत्रमा भनिएको छ। देश गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर राजतन्त्रको झण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति आफूलाई त कोपभाजन पारी हराइएको थापाको आरोप छ। पूर्वराजाको निवासबाट कोही पनि सुरक्षित नभएको भन्दै लिङ्देनलाई सिकार बनाउने उनको भनाइ छ। 

‘सिंगो मुलुक गणतन्त्र भएको बेला शीरमा कफिन बाँधेर राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन। तपाई पनि हुनुहुन्न। तपाईको योग्यता र क्षमताबाट म प्रभावित छु। तर, ढिलो चाँडो तपाई यो प्रवृत्तिको अवश्य शिकार हुनुहुनेछ । पार्टीभित्र यस्तो अवस्था सिर्जना हुनु दूर्भाग्यपूर्ण छ,’ थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेपबारे पनि निष्पक्ष छानबिन गर्न माग गर्दै लेखेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्। राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस शुरु गर्नुहोस्।’ 

प्रकाशित: Dec 13, 2021| 18:30 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...