मंगलबार, असार ३०, २०८३

झिना विषयमा टुट्दैछ श्रीमान श्रीमतीको सम्बन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सँगै बाँच्ने र संगै मर्ने कसम खाएर बिबाह बन्धनमा बाँधिएका जोडिहरु झिना मसिना कारणले नै सम्बन्ध विच्छेदको अवस्थासम्म पुग्न थालेको पाइएको छ । कैलाली जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध बिच्छेदका मुद्दाहरुले यसलाई प्रस्ट पार्छ । 

यहाँ बर्षेनी सम्बन्ध बिच्छेदका मुद्दाको संख्या बढिरहेको पाईएको छ । पछिल्ला दुई वर्षमा मात्रै जिल्लामा सम्बन्ध विच्छेदका घटनामा ६० प्रतिशतले बृदि भएको जिल्ला अदालतको तथ्याङकले देखाएको छ । 

अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा सम्बन्ध विच्छेदका एक सय ३१ मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७३/७४ मा बढेर एक सय ५१ मुदा दर्ता भएका थिए । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म मात्रै अदालतमा एक सय ९० सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् ।

जिल्ला अदालतका निमित्त श्रेष्तेदार फणेश्वरी घिमिरेले बर्षेनी सम्बन्ध बिच्छेदका घट्नामा बृद्धि भइरहेको जानकारी दिईन् । विच्छेद भयावह बन्दै गएको छ । पछिल्ला वर्षहरुमा जिल्ला अदालत कैलालीमा दर्ता भएका मुद्धाहरुको सख्यालाई हेर्दा सम्बन्ध विच्छेदले भयावह रुप लिन थालेको देखिएको छ । जिल्ला अदालतको तथ्याङक अनुसार सवैभन्दा बढी सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् ।

कुनै एउटै कारणले मात्र नभएर श्रीमान श्रीमती बीचको सम्बन्धमा फाटो आएको देखिदैन । विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहको मुद्दामा संलग्न कानुन व्यवसायीहरु बताउँछन् । पुरुष वैदेशिक रोजगारीका लागि विदेशिनु, महिला शहरमा एक्लै बस्नु र पैसाको दुरुपयोग गर्दा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भइरहेको देखिन्छ । 

यसका साथै बालविबाहले पनि सम्बन्ध विच्छेदको अवस्था सम्म पुर्‍याउने गरेको घिमिरेले जानकारी दिईन् । पछिल्लो समय इमेल ईन्टरनेटको सहज पहुँचबाट सामाजिक सञ्जालको प्रयोग, मोवाईललगायतले पनि सम्बन्ध विच्छेदको अवस्थामा पुर्‍याउने गरेको छ । 

श्रीमान श्रीमती बीचमा सानो-सानो विषयमा पनि झगडा हुँने र आवेगमा आएर सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गरेको पाईएको छ । श्रीमान श्रीमती बीच विश्वासको वातावरण बन्न नसके यस्ता मुद्धाको संख्या बर्षेनी बढ्दै जाने समाजशास्त्रीहरु बताउँछन् ।

अदालतको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ४९ मुद्धा दर्ता भएकोमा सबै भन्दा बढी मुद्धा सम्बन्ध विच्छेदका दर्ता भएका छन् । 
 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।