बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : मतदानको समय राति ९ बजेसम्म थपियो

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। बिहान साढे ११ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले प्रदर्शनीमार्गमा रहेका तीन वटा मतदान केन्द्रबाट मत हालिरहेका छन्। 

यसैबीच, निर्वाचन समितिले मतदानको समय आज राति ९ बजेसम्म लम्ब्याएको छ। बिहान ढिलो सुरु भएकाले समय थपिएको हो। 

केही समयअघि अवरुद्ध भएको मतदान पनि सुचारु भएको छ। मतदान सकिएलगत्तै सभापतिको गणना सुरु हुने बताइएको छ। 

साँझ ५ बजेसम्ममा २२ सय मत खसेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: Dec 13, 2021| 17:08 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...