बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जिते पनि, हारे पनि पार्टीभित्र यो मेरो अन्तिम प्रतिस्पर्धा हो : मीनेन्द्र रिजाल

जिते पनि, हारे पनि पार्टीभित्र यो मेरो अन्तिम प्रतिस्पर्धा हो : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजालले आफूले जिते पनि हारेपनि पार्टीमा पुनः प्रतिस्पर्धामा नआउने बताएका छन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजालले आफूले जिते पनि हारेपनि पार्टीमा पुनः प्रतिस्पर्धामा नआउने बताएका छन्। १४औं महाधिवेशनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा रिजालले यस्तो बताएका हुन्। 

'जिते पनि, हारे पनि पार्टीमा यो मेरो अन्तिम प्रतिस्पर्धा हो। म नहुँदा पनि कांग्रेसको ज्योति हराउँदैन,' उनले भने। पहिलो चरणमा नै शेखर कोइराला सभापतिमा चयन हुने उनको भनाइ छ। नेपाली कांग्रेसमा सभापति बन्नका लागि कम्तिमा पनि ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ। पहिलो चरणमा कसैले पनि उक्त मत ल्याउन नसके सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाबीच मात्र दोस्रो चरणमा निर्वाचन हुने व्यवस्था छ। 

उनले कागजी मतदान प्रक्रिया लामो भएको समेत बताएका थिए। 'मतदान प्रकिया लामा छ। बिहान व्यवस्थापन गर्न नसक्दा समस्या भयो,' उनले भने। 

महाधिवेशनले कांग्रेसमा ऊर्जा भर्ने तर संयोजनको महाधिवेशन हुने उनको भनाइ छ।

प्रकाशित: Dec 13, 2021| 15:30 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...