मंगलबार, असार ३०, २०८३

देउवासँग भागबण्डाको कुराले पौडेल क्याम्पमा भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रादेशिक समितिमा ४-३ को भागबण्डाका लागि सहमति भएको खुलासा भएको छ । 

पौडेल 'क्याम्प'का नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले उक्त सहमतिप्रति असन्तुष्टी जनाएका छन् । 

कांग्रेसको विधानबमोजिम पार्टीभित्र संघीयता कार्यान्वयनका लागि प्रादेशिक समितिहरू गठन गर्नुपर्छ । सम्बन्धित प्रदेशका महाधिवेशन प्रतिनिधिहरूबाट चुनिएर प्रदेश समिति गठन हुने विधानमा व्यवस्था छ । 

संस्थापन पक्षले प्रदेशहरूमा सर्वसम्मतिबाट संयोजक र कार्यसमिति चयन गर्ने प्रयास गरेको थियो । पौडेललगायत नेता त्यसको विरोधमा थिए । १८ असारको बुढानीलकण्ठ बैठकको सेरोफेरोमा सभापति देउवाले आफूले चार राख्ने र पौडेललाई तीन वटा प्रदेश दिने कुरामा सहमत गराएको खुलेको हो । 

पौडेलले आफ्नो समूहका नेताहरू सिंह, सिटौला र केसीसँग त्यस्तो सहमति भएको जानकारी दिएका हुन् । विधानअनुसार निर्वाचनमार्फत् प्रदेश समितिहरू गठन हुनुपर्नेमा भागबण्डाबाट तय गरिने कुरा मान्य नहुने सिटौला र केसीले पौडेललाई जवाफ दिएका छन् । निर्वाचन हुँदा सातमध्ये ६ वटा प्रदेश समिति आफूहरूको पोल्टामा आउने जवाफ सिंह, सिटौला र केसीको थियो । 

पौडेलको समूहमा सोही सहमतिका कारण असन्तुष्टी बढेको छ । त्यही असन्तुष्टी जनाउन सोमबार लैनचौरमा भएको अन्तरक्रियामा सिंह र सिटौला उपस्थित भएनन् । 

सभापति देउवाले दिने तीन वटा प्रदेश समिति पनि पौडेलले सिंह, सिटौला र केसीसँग भागबण्डा गर्नुपर्ने बाध्यता छ । त्यसो गर्नुभन्दा सबै प्रदेशमा निर्वाचनबाट नेतृत्व छान्ने र संस्थापन पक्षलाई कमजोर बनाउने रणनीति अख्तियार गर्नुपर्ने अडानमा सिंह, सिटौला र केसी देखिएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।