बिहीबार, भदौ ४, २०८३

कांग्रेसका तीन वटै मतदान केन्द्रमा 'स्यानिटाइज' गर्ने व्यवस्था

स्यानिटाइज गर्नका लागि मेसिनको व्यवस्था छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षाका लागि स्यानिटाइज गर्ने व्यवस्था गरिएको समितिको भनाइ छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भइरहेको मतदान कार्यक्रममा सहभागी सबैलाई स्यानिटाइज गर्ने व्यवस्था गरिएको छ। मतदाताले तीन केन्द्रमा पुगेर मतदान गर्नुपर्ने व्यवस्था भएकाले तीनै स्थानमा स्यानिटाइज गर्ने व्यवस्था रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। मतदान गर्नुअघि स्यानिटाइज गर्ने गरिएको छ।

स्यानिटाइज गर्नका लागि मेसिनको व्यवस्था छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षाका लागि स्यानिटाइज गर्ने व्यवस्था गरिएको समितिको भनाइ छ। 

बिहान साढे ११ बजेबाट सुरु भएको मतदानमा प्रतिनिधिहरूको भूगोल अनुसार तीन स्थानमा मतदान भइरहेको छ। दिउँसो साढे १ बजेसम्ममा ६ सय मत खसेको निर्वाचन समितिले जानकारी गराएको छ। 

प्रकाशित: Dec 13, 2021| 15:17 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...