बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपसभापतिका उम्मेदवार खड्काले भने– कागजी मतपत्र पनि झन्झटिलो लागेन

उपसभापतिका उम्मेदवार खड्काले भने– कागजी मतपत्र पनि झन्झटिलो लागेन

नेपाली कांग्रेसको उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले कागजी मतपत्र पनि झन्झटिलो नभएको बरु रमाइलो लागेको बताएका छन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले कागजी मतपत्र पनि झन्झटिलो नभएको बरु रमाइलो लागेको बताएका छन्।

भृकुटीमण्डपस्थित मतदानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘विद्युतीय मतदान गरेको भए प्रक्रिया चाँडो हुन्थ्यो। तर, भएन। मतपत्र छाप्न ढिलाइ हुँदा मतदान ढिला सुरू भयो। भोट खसाल्न ५० मिनेट लाग्यो। झन्झट लागेन, बरु रमाइलो लाग्यो।’

सभापतिको नतिजा पहिलो चरणमै आउने विश्वास उनले व्यक्त गरे। वर्तमान महामन्त्री खड्का शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिका उम्मेदवार छन्।

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ।

शुक्रबार औपचारिक उद्घाटन भएको कांग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको हो। आइतबार उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भएको थियो। सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण केही समय ढिलो भएको हो। 

सभापतिसहित १३४ पदका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदाताहरुले मतदान गरिरहेका छन्।

राष्ट्रिय सभागृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ। तीनवटै स्थानमा गरेर दिउँसो पौने ३ बजेसम्म ८७८ मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति एक पदका लागि पाँच जना, उपसभापति दुई पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्नेछन्। सभापतिका लागि उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानले भने उम्मेदवारी फिर्ता लिएका हुन्।

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्‍न भए पश्चात् सभापति पदको मतगणना हुनेछ। पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।

प्रकाशित: Dec 13, 2021| 15:01 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...