काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले आगामी निर्वाचनमा कांग्रेस पार्टीलाई जिताउनुपर्छ भन्ने नेतृत्व छान्न आफूहरु लागिपरेको बताएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले सभापतिमा शेरबहादुर देउवालाई जिताउनुपर्ने आशय व्यक्त गरेका हुन्। खड्काले भने, ‘हामी लागिरहेका छौं, तर यस अभियानमा आफैं हारेका मानिसहरु प्रतिस्पर्धामा छन्। यो कुरा उहाँहरुले बुझ्नुपर्ने हो। अहिले सभापतिमा देउवा जित्नुहुन्छ भन्नेमा विश्वस्त छु। पार्टीलाई एकताबद्ध बनाउनका लागि मलगायतका सिनियर साथीहरु ब्याक भयौं।’
परराष्ट्रमन्त्री समेत रहेका खड्काले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्।