बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : अढाई घण्टामा ६ सय मत खस्यो

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ।

शुक्रबार औपचारिक उद्घाटन भएको कांग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको हो। आइतबार उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भएको थियो। सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण केही समय ढिलो भएको हो। 

सभापतिसहित १३४ पदका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदाताहरुले मतदान गरिरहेका छन्।

दिउँसो दुई बजेसम्ममा राष्ट्रिय सभामा २०० र भृकुटीमण्डपमा ४०० गरी ६०० मत खसेको छ।

निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति ९एक० पदका लागि पाँच जना, उपसभापति ९दुई० पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

सभापतिमा शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्नेछन्। सभापतिका लागि उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानले भने उम्मेदवारी फिर्ता लिएका हुन्।

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्‍न भए पश्चात् सभापति पदको मतगणना हुनेछ। पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।

प्रकाशित: Dec 13, 2021| 14:22 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...