जारी विश्वकपमा मंगलबारबाट सेमिफाइनलका खेलहरु हुँदैछन् । अपत्यारिलो नतिजा आइरहेको विश्वकपको उपाधि कस्ले जित्ला भन्दै समर्थक र दर्शकहरु पर्खी रहेका छन् । फ्रान्स, बेल्जियम, इङल्याण्ड र क्रोएसियाको आ-आफ्नै छुट्टै विशेषता रहेका छन् । यिनै आफ्ना विशेषतामा उनीहरु घमण्ड गरिरहेका छन् । फुटबल विज्ञहरुले उनीहरुले खेल हेरेर कस्तो मुल्याङ्कन गरेका छन् । विज्ञहरुको विचार।
फ्रान्स– बहुमुखि प्रतिभा
फ्रान्स जान्दछन् की उनीहरुको शैली उनीहरुको विरोधिमा निर्भर रहन्छ । किनकी, फ्रान्सले समूह चरणमा, प्रि–क्वार्टरफाइनलमा अर्जेन्टिना सँग र क्वार्टरफाइनलमा उरुग्वेसँग फरक फरक प्रदर्शन गरेका छ । फ्रान्सेली टिम एउटै भएपनि विभिन्न रणनितिका साथ मैदानमा उत्रिने गर्दछ । डिडिअर डेस्चम्पसले ओलिभर जिरोउडको क्षमता र केलियन बाप्पेको गतिलाई बुझेर निर्णय गर्न सक्छ ।
केहि राम्रा मानिएका टोली बाहिरिए पनि सेमिफाइनलिस्ट अन्ये टाली पनि त्यती कमजोर छैनन् । किनकी ति टोलीले पनि आफ्नो क्षमता विश्वकपको मैदानमा देखाई सकेका छन् ।
बेल्जियम- टिम खुबि
रुस विश्वकपमा सबै भन्दा सफलता पाएको राष्ट्र हो बेल्जियम । जारी विश्वकपका कुनै पनि खेल नगुमाएको बेल्जियम टिमले १४ गोल गरेको छ । यो जारी विश्वकपको टोलीको शिर्ष गोल संख्या हो ।
बेल्जियमलाई अतितमा जस्तै कमजोर टोलीको रुपमा हेर्न सकिन्न । किनकी बेल्जियमले १९८६ को विश्वकपमा बाहेक सेमिफाइनल यात्रा गरेको छैन । यो बेल्जियमको दोस्रो सेमिफाइनल यात्रा हो ।
बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै आफुलाई सावित गरिसकेको छ । इडेन हाजार्ड, केविन डि ब्रुइ र रोमेलु लुकाकुको जादुले विपक्षी टोलीका स्टार पनि छायामा पर्न सक्छन् । टिम कार्य यस्तो छकी कुनै पनि स्थितीमा साथीको समर्थन र आफ्नो स्थिति स्वीकार गर्न सक्छन् ।
इङल्याण्ड-विविधता
इङल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेट नयाँ र फरक तरिकाले जित्न खोज्ने एक आधुनिक प्रशिक्षक हुन । त्यस्तैले इङल्याण्डको टिम खेलका दौरान खेलको कुनैपनि स्थिति र खेल व्यवस्थापन गर्न निकैनै प्रभावकारी मानिन्छ ।
इङल्याण्डले आफ्नो विश्वकप इतिहासमा पहिलो पेनाल्टिमा खेल जितेको छ । खेलमा नायक गोलकीपर जोर्डन पिकफोर्डको प्रतिभा, प्रतियोगिताका शिर्ष गोलकर्ता ह्यारी केन र २० बर्षिया राईजिङ स्टार मर्कुस रासफोर्डले खेल प्रदर्शन उस्तै दमदार छ ।
क्रोएसिया-मिडफिल्डर क्षमता
जारी विश्वकपमा सबैभन्दा कठिन यात्रा सानिएको थियो क्रोएसियाको । तर, क्राेएसियाले आफ्नो यात्रा समूह चरणबाटै सहज रुपमा पार गर्दै आफु अब्बल रहेको सावित गरिसको छ । अर्जेन्टिना सम्मिलित समूह डि को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले नकआउट चरणमा दुई कडा परिक्षण बन्न पुग्यो ।
प्रशिक्षक ज्लाट्को डालिकको टिममा सबैभन्दा ठुलो सम्पति भनेकै उसको मिडफिल्डर हो । जो जारी विश्वकपमा सर्वश्रेष्ठको रुपमा एक छ । टिमको त्यो विभाजनले खेलाडीहरुले प्रायः संगठित र अविश्वसनिय खेल प्रदर्शन गरिरहेका छन् ।
लुका मोड्रिक र इवान रिक्टिक यस टिमका मुख्य पात्र हुन । इन्टर मिलानका मार्सेलो बोजोभिक, रियल मड्रिडका माटेओ कोभिकिक र मिलान बाडेल्ज यसका मिडफिल्डर साँचै एक उत्कृष्ट छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४