काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले अनसनरत डा गोविन्द केसीको मागमा सरकार दिएको जवाफ र उनको स्वास्थ्य अवस्थालाई मुख्य समाचार बनाएका छन् ।
सरकारकाले माथेमा आयोगको प्रतिवेदन र डा गोविन्द केसीले भनेका सबै माग हुबहु कार्यान्वयन गर्न नसकिने धारणा अघि सारेको छ । डा केसीको मागबारे प्रतिनिधिसभामा पेस भएको जरुरी सार्वजनिक महत्त्वको विषयमा जवाफ दिदै शिक्षामन्त्री गिरिराजमणि पोखरेलल सबै माग कार्यान्व्यन गर्न नसकिने बताएका हुन् ।
यसैविषयलाई मुख्य समाचार बनाउदै आजको कान्तिपुर दैनिकले 'डा. केसीको मागबारे सरकारको जवाफ : हुबहु कार्यान्व्यन हुँदैनन्' शीर्षमा खबर छापेको छ । यस्तै चिकित्सा शिक्षा विद्येयक सरकारको नीति अनुरुप नै ल्याएको भनि प्रधानमन्त्री केपी ओलीले बोलेको विषयलाई पनि कान्तिपुरले महत्वका साथ लेखेको छ ।
'डा केसीको मुटुको चाल अस्थिर' शीर्षकमा मुख्य समाचार छापेको अन्नपूर्ण पोस्टले भने डा केसीलाई हुनसक्ने चार खतरा समेत लेखेको छ । उसका अनुसार डा केसीलाई मस्तिष्कघात, निमोनिया, हृदयगति बन्द र हृदयघातको उच्च खतरा छ ।
आजका नागरिक दैनिकले भने 'यसकारण जायज छन् डा केसीका माग' शीर्षकमा विशेष खबर छापेको छ । उसले प्रमुखताका साथ छापेको यो खबरसंगै डा केसीले औषधि लिन नमानेको खबर पनि लेखेको छ । डा केसीले ग्लुकोज लिन नमानेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको समाचारमा उल्लेख छ ।
यस्तै डा केसीले अत्यावश्यक औषधि पनि खान नमानेको विषयलाई एङ्कर न्यूज बनाएको आजका नयाँ पत्रिकाले 'प्रदेशको नाम र राजधानीमा अन्योल' शीर्षकमा मुख्य समाचार छापेको छ । सत्ता पक्ष र प्रतिपक्ष नभइ क्षेत्रीयताका आधारमा विभाजन हुँदा र एउटै दलभित्र पनि फरक–फरक मत रहेकाले प्रदेशले नाम र राजधानी तोक्न नसकेको नयाँ पत्रिकाले लेखेको छ ।
यी खबर बाहेक आजका दैनिक अखबारहरुले सरकारले श्रमिकको तलब ३९ प्रतिशतले वृद्धि गर्दै १३ हजार ४ सय ५० पुर्याएको र छोरा कृष्ण अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै अनशन बसिरहेकी गंगामायाले अनशन तोड्न नमानेको खबरलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४