सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिएसपी सरुवा गरेको भन्दै मिर्चैयावासीले जलाए मातृकाको पुतला

डिएसपी सरुवा गरेको भन्दै मिर्चैयावासीले जलाए मातृकाको पुतला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- सिरहास्थित मिर्चैयाका स्थानीयहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको विरोध गर्दै पुतला दहन गरेका छन्। मन्त्री यादवले राम्रो कामगर्ने मिर्चैयाको डिएसपी दिपक खडकालाई आफ्नो शक्तिको दुरुपयोग गरी सरुवा गर्न लगाएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन्।

समाजको हितमा काम गर्ने डिएसपी खडकालाई जर्बजस्ती सरुवा गर्न लगाएको भन्दै उनलाई फिर्ता बोलाउन माग राख्दै स्थानीयहरुले सोमबार साँझ इलाका प्रहरी कार्यालयकै अगाडी मन्त्री यादवको पुतला दहन गरेका छन्।

चारदिन अघि मन्त्री यादव आफन्तको विहेमा सहभागी हुन् मिर्चैया पुगेका थिए। वैवाहिक अवसरमा अश्लिल भोजपुरी गीतम डिजे बजाई हैरान बनाएको भन्दै स्थानीयहरुले प्रहरीमा गुनासो गरेका थिए। स्थानीयले गुनासो गरेपछि प्रहरीले डिजेबाजा नियन्त्रणमा लियो। उक्त घटनापछि आक्रोशमा आएका यादवले डिएसपी खडकामाथि खनिँदै सरुवा गर्नसम्म भ्याएका छन्।

यो घटना सेलाउन नपाउँदै ११ अषाढमा ढिलो जन्ती आएको भन्दै केटापक्ष र केटीपक्षबीच विवाद भयो। विवादमा केटीपक्षका ८ र अन्य २ जना घाइते भए। प्रहरीले विवाद गर्ने दुबै पक्षका २-२ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ। तर, मन्त्री  यादवले भने ज्यान मुद्दा दर्ता गर्न डिएसपी खडकामाथि दबाब दिएको स्थानीयहरुको भनाई छ। 

खडकाले ज्यान मुद्दा चलाउन नमानेपछि उनलाई सरुवाको धम्की दिइएको थियो। करिब एक महिना अघिमात्र ईलाका प्रहरी कार्यालय मिर्चैयामा हाजिर भएका डिएसपी खडकालाई मन्त्री यादवले आफ्नो शक्ति प्रयोग गरी सरुवा गर्न लगाएको स्थानीय खगेन्द्र यादवले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।