आइतबार, साउन ३, २०८३

राखेप पूर्वपदाधिकारीका परिवारलाई आर्थिक सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वपदाधिकारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरिएको छ।

भारोत्तोलन प्रमुख प्रशिक्षक स्व. सुनीललाल जोशी र बक्सिङ प्रशिक्षक स्व. गोपाल राईको परिवारलाई राखेपले आर्थिक सहयोग प्रदान गरेको हो। राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १ दशमलव ५ प्रतिशत रकम कट्टा गरी सहयोग प्रदान गरिएको हो। जोशीका परिवारलाई २ लाख ७४ हजार ९ सय ६६ तथा राईका परिवारलाई २ लाख ६५ हजार ८ सय ६४ रुपैयाँ हस्तान्तरण गरे।

वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फण्न्द्रि पौडेलले रकम हस्तान्तरण गरेका हुन्। जोशीको गत असार ११ तथा राईको गत पुस ३ गते निधन भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।