बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापतिका उम्मेदवार कोइरालाले सार्वजनिक गरे प्रतीज्ञापत्र [पूर्णपाठ]

कांग्रेस सभापतिका उम्मेदवार कोइरालाले सार्वजनिक गरे प्रतीज्ञापत्र [पूर्णपाठ]

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।

एक व्यक्ति एक जिम्मेवारीः एक पटकको लागि मेरो उम्मेदवारी नाराका साथ उनले ७ महत्वपूर्ण संकल्पसहित प्रतीज्ञापत्र सार्वजनिक गरेका हुन्। 

डा. कोइरालाले संविधान कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दै वैचारिक स्पष्टता, सुदृढ संगठन र विधानको पूर्ण पालना गर्ने प्रतीज्ञापत्रमा उल्लेख गरेका छन्। यस्तै, क्रियाशील र जिम्मेवार भातृ एवम् शुभेच्छक संगठन निर्माण गरेर अनुभव र उर्जा सहितको सशक्त कांग्रेस निर्माण गर्ने संकल्प उनले गरेका छन्।

बीपी कोइरालाको समाजवादको विचारलाई आत्मसमात् गर्दै पार्टीमा जनचासोका विषयलाई सम्बोधन गर्न पब्लिक फोरम निर्माण गर्ने समेत उनले उल्लेख गरेका छन्। यस्तै, सभापतिमा निर्वाचित भए पार्टीका सबै विभागको गठन ६ महिनाभित्र गर्ने र त्यसमा व्यक्तिको क्षमता, अनुभव र उर्जालाई प्राथमिकता हेर्ने उनले बताएका छन्। उनले कांग्रेसमा धनबली, बाहुबली र चाकडी चाप्लुसीको आधारमा पाउँदै गरेको अवसरलाई अन्त्य गर्दै पार्टीमा योगदान पुर्‍याएकाहरुलाई अगाडि बनाउने प्रतीज्ञापत्रमा उल्लेख गरेका छन्।

शेखरले पार्टीमा जवाफदेही नेतृत्वको स्थापना गरेर पारदर्शी निर्णय गर्दै सहभागितामूलक लोकतान्त्रिक अभ्यासको विकास गर्ने समेत दाबी गरेका छन्। पार्टीमा स्थानीय तहलाई बलियो बनाउने उनले संकल्प लिएका छन्। केन्द्रबाट हुने हस्तक्षेपलाई रोक्दै तल्लो तहको निकायलाई निर्णय लिन सक्षम र शक्तिशाली बनाउने उनले उल्लेख गरेका छन्। 

संसद् र न्यायालयको अवस्था कमजोर रहेको भन्दै शेखरले दुवैलाई निष्पक्ष र प्रभाकारी बनाउन कांग्रेस नेतृत्व अघि सर्ने बताएका छन्। 

यस्ता छन् डा. शेखर कोइरालाका प्रतिबद्धता


प्रकाशित: Dec 12, 2021| 14:30 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...