सोमबार, कात्तिक ९, २०८३

बिजुलीले अब सधै चम्किने जानकी मन्दिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेपालकै प्रसिद्ध हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिर सिंगारिने भएको छ। मन्दिर भवन र परिसरलाई आकर्षक तरिकाको विद्युत जडान गरी सुन्दर देखिने बनाउने गरी सोमाबर सम्झौता भएको हो।

देश विदेशका पर्यटकहरुलाई जानकी मन्दिर घुम्न आकर्षित गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले विद्युतीकरण गर्ने जमर्को गरेको छ। मन्दिर भवन र मन्दिर परिसर भित्र विद्युतीय माध्यमबाट सौन्दर्यीकरण गर्न गैरआवासीय नेपाली संघकोतर्फबाट अध्यक्ष भुवन भट्ट र जानकी मन्दिरकोतर्फबाट उत्तराधिकारी महन्त रामरोशन दासले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

भारत तथा विदेशी मुलुकहरुमा प्रयोग हुँदै आएको विद्युतीय सौन्दर्यीकरण अनुसार जानकी मन्दिरलाई पनि आकर्षक बनाउन लागिएको बताइएको छ।

अत्याधुनिक विद्युतीय प्रकाशमार्फत मन्दिर परिसर प्रज्जवलित बनाउन ५ करोड सम्मको लागतमा आयोजना आरम्भ गर्न लागिएको गैर आवासीय नेपाली संघका अध्यक्ष भट्टले जानकारी दिए।

मन्दिर परिसरमा सौन्दर्यीकरण गर्न विद्युतीय प्रणाली जडान गरिएपनि मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा भने कुनै परिवर्तन नगरिने सम्झौता पत्रमा उल्लेख छ।

मन्दिर परिसरमा प्रकाश प्रज्वलित गर्न संघले एक विस्तृत योजना तयार गरी जानकी मन्दिरलाई प्रस्तुत गर्ने र आन्तरिक छलफल पश्चात कार्यान्वयनमा ल्याइने छ । दुई चरणमा सम्पन्न गर्ने गरी पहिलो चरणमा डिजाइन तयार पार्ने र दोस्रो चरणमा डिजाइन कार्यान्वयन गरिने छ। 

जडान भएको विद्युतीय संरचना हस्तान्तरण पश्चात मर्मतसम्भारको सम्पूर्ण जिम्मा जानकी मन्दिरको हुने र विद्युतीय प्रकाश व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्न संघले आवश्यक तालिमको व्यवस्था गर्ने सम्झौता पत्रमा उल्लेख छ।

जानकी मन्दिर विद्युतीकरण सम्बन्धी सम्झौताको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका व्यक्तिहरुको उपस्थिति थियो ।




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।