सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेसको हकहितको पक्षमा कम्युनिस्ट सरकार : रक्षामन्‍‍त्री

मधेसको हकहितको पक्षमा कम्युनिस्ट सरकार : रक्षामन्‍‍त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कम्युनिस्टहरुको अभिव्यक्ति द्वन्द्ववादी चरित्रको रहेको बताएका छन्। मन्त्री पोखरेलले कम्युनिस्टहको अभिव्यक्ति द्वन्द्ववादी रहेपनि आचरण भने सकारात्मक रहेको स्पष्टोक्ति दिएका छन्।

विद्यापति पुरस्कार कोषले सोमबार जनकपुरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै रक्षामन्त्री पोखरेलले कम्युनिस्टहरु खराब चीजलाई नष्ट गर्दै राम्रो कामलाई प्राथमिकता दिने गरेको दाबी गरे। नेपाल भौगोलिक अखण्डतामा मात्र टिक्न सक्ने उल्लेख गर्दै पोखरेलले नेपालको अखण्डतामा आँच आए नेपालको अस्तित्व नै समाप्त हुने बताए।

विगतमा भएको मधेश आन्दोलनतर्फ इंगित गर्दै पोखरेलले तराई मधेशमा अधिकारको नाउँमा समाजिक सदभाव बिगार्ने काम भएको आरोप लगाए। अधिकारको नाउँमा समाजिक सदभाव बिगार्ने काम भएको छ पोखरेलले भने,‘विगतमा मिथिला समाजिक सदभाव र स्वर्गको नमूना मानिन्थ्यो, अधिकारको नाउँमा समाजिक सदभाव बिगार्ने काम भएको छ।’

समाजिक सदभाव कायम राख्दै भेदभाव र शोषणविरुद्ध लड्न उनले सुझाव दिएका छन्। आफ्नो भूमिगत राजनीतिको शुरुवात मिथिलाकै माटोबाट भएको स्मरण गर्दै पोखरेलले मधेशीहरुको हकहित र पहिचानको लागि नीति तथा योजनाको निर्माण कम्युनिस्ट सरकारकै पालामा भएको दाबी समेत गरे।

विद्यापति राष्ट्रिय कवि रहेको भन्दै उनलाई मिथिलामा मात्र सिमित राख्न नहुने उनको भनाई थियो।
 
यस अवसरमा विद्यापति कोषले साहित्यकार रोशन जनकपुरीलाई विद्यापति मैथिली भाषा साहित्य, देवेन्द्र मिश्रलाई विद्यापति मैथिली अनुवाद, प्रा.डा. देवनारायण यादवलाई विद्यापति अनुसन्धान, हिमांशु चौधरीलाई विद्यापति मैथिली पाण्डुलिपी र रामसागर पण्डितलाई विद्यापति मैथिली कला-संस्कृति पुरस्कार प्रदान गरिएको छ। विद्यापति मैथिली भाषा साहित्य पुरस्कारको राशी २ लाख रहेको छ भने अन्य सबै पुरस्कारको राशी १-१ लाख रहेको आयोजकले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।