बिहीबार, भदौ ४, २०८३

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्।

आज आइतबार बिहान विज्ञप्ति जारी गर्दै विश्वकर्माले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न इच्छुक नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

सहमहामन्त्री पदका आकांक्षी विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन्। तर देउवा समूहको प्यानलमा विश्वकर्मा नपरेपछि असन्तुष्ट छन्।

नेता विश्वकर्माले आफ्नो उम्मेदवारी अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गरेका छन्। ‘केन्द्रीय सदस्यमा मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकोले उक्त पदको उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम उक्त सूचीबाट हटाइदिनुहुन यो लिखित निवेदन पेश गरेको छु,’ विश्वकर्माले भनेका छन्।

देउवा प्यानलको केन्द्रीय सदस्यको सूचीमा विश्वकर्माको पनि नाम आएपछि उनले विज्ञप्ति जारी गर्दै नाम फिर्ता लिएका हुन्। 

प्रकाशित: Dec 12, 2021| 10:44 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...