बिहीबार, भदौ ४, २०८३

अलग मोडमा आइपुग्यो देउवा-पौडेल सम्बन्ध

नेतृत्व प्रतिस्पर्धाको मैदान छाड्दै गर्दा पत्रकारसामु उभिएका पौडेलका आँखा आँसुले टिल्पिलाएका थिए। ‘कांग्रेस आज केवल सत्ताको भर्‍याङमा सीमित हुन गएको छ,' दुवै हातले आँसु पुछ्दै उनले भनेका थिए, ‘त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ।’
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पाँच दशक लामो 'प्रतिस्पर्धात्मक दोस्ती' छ। २०२७ वैशाख ६ गते कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले नेविसंघको पहिलो महाधिवेशनको काठमाडौंको स्वयम्भूमा विधिवत् उद्घाटन गरेका थिए। देउवा-पौडेल 'दोस्ती' भने त्योभन्दा पनि पुरानो हो। नेविसंघको संस्थापक सभापतिमा विपिन कोइराला र मार्सलजुलुम शाक्यको कडा प्रतिस्पर्धा थियो। देउवा र पौडेलको साथले कोइराला सभापति छानिएका थिए।

२०२८ साल असोजमा चितवनमा नेविसंघको दोस्रो महाधिवेशन भयो। सभापतिका लागि देउवा, पौडेल र शिवबहादुर खड्का प्रत्याशी थिए। तर, देउवा र पौडेल बलियो प्रतिस्पर्धी बने। देउवाको सबै नेताहरूसँग राम्रै सम्बन्ध भएकाले कोइरालालगायत नेताहरूले देउवालाई नै सभापति बनाउन लबिङ गरे। र, देउवा २०२८ सालमा नेविसंघको सर्वसम्मत सभापति भए। 

देउवा र पौडेलबीच राजनीतिक प्रतिस्पर्धा २०२८ सालदेखि नै हो। नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा सधैँ देउवा-पौडेल आमुन्नेसामुन्ने नै रहे। उनीहरूको प्रतिस्पर्धा १३औं महाधिवेशनसम्म पनि जारी नै रह्यो। तर, पौडेल १४औं महाधिवेशनबाट भने त्यो  प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

देउवा पाँचौँ पटक प्रधानमन्त्री बने। एक पटक पार्टी सभापति बनिसके। १४औं महाधिवेशनमा पनि उनी सभापतिको दौडमा छन्। तर, पौडेल एक पटक पनि प्रधानमन्त्री बन्न सकेनन्। एक पटक प्रधानमन्त्रीको उम्मेदवारसम्म भए। त्यसमा १७ पटक प्रतिस्पर्धा गर्नुपर्‍यो र पराजय भोग्नुपर्‍यो।

२०२१ सालतिर काठमाडौंको त्रिचन्द्र कलेजमा अध्ययन गर्न आएका शेरबहादुर देउवा नेविसंघको राजनीतिमा सक्रिय भए। २०२८ सालमा नेविसंघको सभापति बनेका देउवाले चार कार्यकाल (८ वर्ष) २०३६ सालसम्म नेविसंघको अध्यक्ष भएर काम गरे।

आफ्ना पुरानो सहयात्री प्रतिस्पर्धाबाट बाहिरिएसँगै देउवा शनिबार राति पौडेललाई भेट्न उनकै निवास बोहाेराटार पुगे। १४औं महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता पौडेललाई भेटेरै सभापति देउवाले सहयोग मागेका छन्।
त्यतिबेलादेखि नै देउवा कुनै न कुनै रूपमा राजनीतिको शक्तिमा रहिनै रहे। तर, १४औं महाधिवेशनसम्म आइपुग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रतिस्पर्धाबाट अलग भएको घोषणा गर्नुपर्‍यो। नेतृत्व प्रतिस्पर्धाको मैदान छाड्दै गर्दा पत्रकारसामु उभिएका पौडेलका आँखा आँसुले टिल्पिलाएका थिए। ‘कांग्रेस आज केवल सत्ताको भर्‍याङमा सीमित हुन गएको छ,' दुवै हातले आँसु पुछ्दै उनले भनेका थिए, ‘त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ।’ 

संस्थापन इतर समूहबाट साझा उम्मेदवार उठ्ने पौडेलको आकांक्षामा आफ्नै समूहका नेताहरूले असहयोग गर्दा ठेस लाग्यो। प्रकाशमान सिंह र शेखर कोइरालाले अन्तिममा आफूलाई सहयोग गर्ने पौडेलको विश्वास थियो। तर, उनीहरूले दाबेदारी नछोडेपछि पौडेल नै प्रतिस्पर्धाबाट बाहिरिन पुगे।

सधैँ निष्ठाको राजनीति गरेका पौडेल यतिबेला भने निक्कै बिरक्तिएका देखिन्छन्। उनले आफू पक्षीय नेताहरूको अन्तिम बैठक बहिस्कार गरेका थिए। त्यत्ति मात्र होइन, पौडेलले महाधिवेशनको उद्घाटन समारोहमा भाग लिनसमेत अनिच्छा देखाइरहेका थिए। 

नेताहरूको आग्रहपछि उनी महाधिवेशन उद्घाटन समारोहमा सरिक त भए। तर, उनको मुहारमा स्फूर्ति थिएन। सभापति शेरबहादुर देउवाको बायाँतर्फ बसेका पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई आफू बसेको सोफामा बसाएर अलि पर सरेका थिए।

आफ्ना पुरानो सहयात्री प्रतिस्पर्धाबाट बाहिरिएसँगै देउवा शनिबार राति पौडेललाई भेट्न उनकै निवास बोहाेराटार पुगे। १४औं महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता पौडेललाई भेटेरै सभापति देउवाले सहयोग मागेका छन्।

शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि देउवा राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका थिए। ‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो। ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘राष्ट्रलाई तपाईंको अझै खाँचो छ। स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् भन्नुभयाे।’

उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले पारिवारिक कुराकानीसमेत गरेका थिए। यसरी बोहाेराटारमा पुगेर देउवाले उनलाई सान्त्वना दिन खोजेको बताइएको छ। यसका साथै पौडेललाई भेटे सकारात्मक सन्देश जाने भएकाले देउवाले भेटेको बताइन्छ। देउवा शनिबार राति बोहाेराटार पुग्नुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: Dec 12, 2021| 10:10 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...